जीपले ठक्कर दिदा बालक घाइते,चालक प्रहरी नियन्त्रणमा

इन्द्र बुढाथोकी सल्यान । सल्यान पश्चिमी क्षेत्र रैकर वजारमा जिपले ठक्कर दिदा एक बालक घाइते भएका छन ।

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न ११ रैकरबजार निवासी बर्ष ३ का धर्मराज वलीलाई दिउसो १२ बजे तिर घाइते भएका हुन । सुर्खेतबाट सल्यानतिर आउदै गरेको बा २ झ २०४४ नं को भेटनरी कार्यालय सल्यानको सरकारी जिपले वालकलाइ ठक्कर दिएको हो ।

गम्भीर घाइते वालकको उपचार नेपालगञ्जमा बाट थप उपचारको भारतको लखनौ लिएको बनगाड प्रहरी चौकी बालुवा सङ्ग्रहीका इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए । गाडिसँगै चालक जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको वताएको छ ।





error: Content is protected !!