बहुविवाह र बालविवाह गर्नेलाई १४ वर्ष कैदको फैसला

मुगु : जिल्ला अदालत मुगुले बहुविवाह, बालविवाह र जबरजस्तीकरणीसम्बन्धी मुद्दामा एकजनालाई १४ वर्ष कैद सजायको फैसला गरेको छ।
खत्याड गाँउपालिका-६ का २२ वर्षीया भीमराज शाहीले घरमा पत्नि हुँदाहुँदै उमेर नपुगेको बालिकासँग दोस्रो विवाह गरेरको भन्दै शाहीको पत्नीले गएको पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्।
जिल्ला अदालतले आरोपितलाई माघ १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सोही मुद्दालाई जिल्ला अदालतले शाहीलाई बहुविवाह, बालविवाह र जबरजस्तीकरणी गरेको ठहर गरी १४ वर्ष कैद र पीडितलाई ३ लाख क्षतिपूर्ति तिराउने आदेश दिएको हो।
साथै उमेर नपुगेर शाहीसँग दोस्रो विवाह गरेकी बालिकालाई दुई वर्ष कैद र २० हजार जरिवानाको फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो।










