व्यवसायिक शिक्षा र यसको आवश्यकता

रमेश अधिकारी जाजरकोट   ।   बेरोजगारी समस्या कहालीलाग्दो अवस्थामा छ । शैद्धान्तिक ज्ञान र व्यवहारीक जिवनका लागि आवश्यक शिक्षाले मात्र समुदायको आवश्यकता सिद्ध हुने कुरा कुनै दुविदा छैन ।

व्यवसायीक शिक्षा र व्यवहारीक तालिमको माध्यामबाट मात्र राष्टिय जनशक्तिलाई उत्पादनमुलक कार्यमा समायोजन गर्न सकिन्छ । तर राज्य संरचनाको अभावले गर्दा हाल देशमा आयआर्जन तथा उत्पादनमुलक क्षेत्रहरु विकास तथा विस्तार हुन सकिरहेका छैनन् । देशमा गरिबी ब्याप्त छ,देशलाई रुपान्तरण गर्न सक्ने किसमका युवाहरु विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन् । कुनै पनि सीप नभएको अदक्ष जनशक्तिबाट पनि देशको अर्थतन्त्रमा ठुलै योगदान पुुगेको छ ।

बैदेशिक रोजगार र रेमिटेन्सको भरमा चलेको देश यहि पद्धति र प्रक्रिया बाट परिर्वनको कुरा सायद लज्जास्पत हुन्छ । उद्यम,व्यवसायबाट मात्र प्रत्यक्ष सबैले आर्थिक लाभ पाउन सक्ने कुरामा पनि कुनै दुविधा छैन । व्यवसायिक शिक्षाका लागि राष्टिय आवश्यकता सापेक्ष केन्द्रिय तह बाट पनि योजना अगाडी ल्याउन आवश्यक छ ।

हाल ३० लाख जनशक्ति वैदेशिक रोजगारमा छ, जुन कुनै पनि किसमको प्राविधिक तथा व्यवसायिक शिक्षाको अवसर नपाई यो क्षेत्रमा लाग्न बाध्य हुनु परेको छ, जुन पक्कै पनि नैरास्यताको उदाहरण हो,यसरी पलान भएको जनशक्तिने नत सोचे अनुरुपको कमाई गर्न सकेको छ, नत उता श्रमको उचित कदर नै भएको छ,नेपाली युवाहरुको पसिनाबाट नै राज्य संचालनको पहिलो आधार निर्माण भएको छ । यसरी आएको रेमिटेन्स बाट देशको आर्थिक विकासमा योगदान कसरी हुन्छ ।

लघु तथा साना उद्योगहरुको प्रवद्र्धन गरि देशलाई औधोगिकमय बनाउनका लागि दक्ष जनशक्तिको अभाव खट्किरहेको छ । कृर्षिलाई आधुनिकिकरण गर्न जसरी कुर्षकलाई कृर्षि प्राविधिकको आवश्यकता छ त्यसरी नै उद्योगको विकास र विस्तार गर्नका लागि आवश्यक व्यवसायिक परार्मश तथा आवश्यक ज्ञान प्रदान गर्न उद्यम विकास प्राविधिकको आवश्यकता पर्छ त्यो पनि उचित सम्यन्त्र निर्माण गरि व्यवस्थापन गर्न सकिएको छैन ।

हाल देशबाट करिब ३० प्रतिशत मात्र जनशक्ति अर्धदक्ष सीप लिएर बिदेश पलाएन हुने गरेको अवस्था छ । अन्दाजी ७० प्रतिशत जनशक्ति त सीप विहिन या त अदक्ष जनशक्ति वैदेशीक रोजगारीमा संगलग्न भएको कुरा अध्ययनले जनाएको छ । प्राविधिक शिक्षा नपाएका भनौ या त विद्यालयको घेरा सम्म नपुगेका विद्यार्थीहरु नै यो क्षेत्रमा लाग्न बाध्य रहेको कुरा विद्यमान छ ।
नत देशमा उपलव्ध स्थानिय स्रोत,साधनको समुचित परिचालन गर्न सकिएको छ न त बजार संम्यन्त्र,लगानी र उपयुक्त प्रविधिको प्रयोग र व्यवस्थापन गर्न सकिएको छ ।

उपयुक्त प्रविधिको प्रयोग नहुदा एकातर्फ तयारी वस्तुको गुणस्तरियता हराउन थालेको छ भने विदेशी उत्पादन संग प्रतिस्प्रर्धा गर्ननै सकिएको छ । जसले गर्दा बेरोजगारी समस्या अझँ दिनानुदिन बढ्ने कुरा निश्चित छ । सीप नलिई विदेशीने युवाहरुलाई दक्ष बनाई मात्र विदेशीनु पर्ने आजको आवश्यकता छ भने, स्थानिय स्तरमा उपलव्ध श्रोतको परिचालनका लागि पनि आवश्यक सीप विकास गरि देशमै रोजगारीका अवसरहरु खोजी गरी निर्यात प्रर्वद्धनमा ध्यान दिन आवश्यक छ ।
हाल देशमा उत्पादनका क्षेत्रहरु नहुदा उपभोग्य वस्तु देखि नविकरणिय उर्जा सम्मका वस्तुहरुमा परनिर्भरता रहेको छ । देशले धान्न सक्ने किसमको राज्य संरचना नहुदा हाल गरिब जनता करको मारमा परेका छन् देशमै उत्पादनका कुनै योजना तथा सम्भावनाहरु नहुनु तथा बैदेशिक सोच नै सर्वश्रेष्ठ बन्दिनु र नयाँ तथा आधुनिक किसमका प्रविधिहरुको प्रयोग नहुनु नै व्यवसायिक जगतको सबै भन्दा ठुलो समस्याको विषय बेनेको हो ।

बजारको आवश्यकता अध्ययन गरि हालको पाठ्यक्रमलाई अध्यावधिक तथा परिमार्जन गर्न आवश्यक छ । सीपयुक्त जनशक्तिलाई सीपको प्रमाणिकरण गरि बैदेशिक रोजगारमा जाने किसमको निती लाई थप प्रभावकारी र समयसापेक्ष बनाउन आवश्यक छ । देशमा यस्ता प्राविधिक तथा व्यवसायिक क्षेत्रमा योगदान दिन सक्ने किसमका जनशक्ति उत्पादन गर्ने र उत्पादन हुने जनशक्तिलाई उनिहरुको योग्यता अनुसारको क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौसला जगाउने किसमका सम्यन्त्र र तालिमका प्याकेजहरु निर्माण तथा प्रभावकारी रुपमा संचालन गर्न सकिएको छैन ।

हाम्रा पुर्खाहरुले समुदाय तथा वस्ती स्तरमा परम्परागत सीप,प्रविधि र ज्ञानमा आधारित भई काम गरिरहेका छन् । उनिहरुको ज्ञान सीपको पनि मुल्याकंन गरी थप हौसला तथा पुरस्कारको व्यवस्था गर्न सकिएको छैन । यहि परम्परागत सीप तथा प्रविधिलाई आधुनिकता तर्फ लैजाने हो भने पनि उनिहरुको सीकाई समुदायका अन्य क्षेत्रमा पर्ने कुरा निश्चित छ, त्यसको पनि प्रमाणिकरणको अत्त्तो पत्तो छैन ।

जब सम्म गरिबीको रेखामुनि रहेको समुदायलाई उनिहरुको सामाजिक,आर्थिक,राजनैतिक तथा सांस्कृतिक रुपले सम्पन्न बनाउन सकिदैन तब सम्म देशको विविध पक्षमा सुधार भएको मान्न सकिदैन । त्यसैले सीप तथा ज्ञान आर्जनको अर्को उद्देश्य व्यक्तिको जिवनस्तरमा सुधार ल्याउनु पनि हो । यो सबैले बुझ्न जरुरी छ ।

हाम्रो सोच,मान्यता,संस्कार,संस्कृति पनि सिप आर्जनका प्रमुख चुनौती रहेका छन् । र देखासिकिले पनि मानिसलाई कहिलै सफलता तिर लम्काउदैन । आफ्नो योग्यता क्षामता,ज्ञान सीप र दक्षता नै सफलताका सम्बाहक हुन् । यो कुराको अडमा बस्न सक्ने व्यक्ति नै सफलताको पहिलो उदारहण बन्न पुग्छ ।
व्यवसायिक शिक्षा भनेको व्यक्तिको ज्ञान,सीप र धारणामा परिर्वतन ल्याउनका लागि स्थापना गर्ने हो ।

सैद्धान्तिक र घोक्ने प्रवृतिले गर्दा शिक्षाको गुणस्तरियता हराउदै गैरहेको छ । यो शिक्षा भनेको मुलतः नेपालको ग्रामिण स्तरमा बसोबास गर्ने उच्च शिक्षा पहुच नभएका र अध्ययन पश्चात तुरुन्त रोजगारीमा सरिक हुन चाहने सोच भएको व्यक्तिहरुकालागि अति आवश्यक हो । जनु आजको आवश्यकता पनि हो ।
व्यवसायिक शिक्षाको योगदानलाई सबैले मनन गरि आजको विश्व परिवेशमा यसलाई समय सापेक्ष बनाउन राज्यले उचित किसमको ठेट योजना अगाडी बढाउनु आजको आवश्यकता हो ।

हाल संघ,प्रदेश र स्थानिय तहका सरकार विद्यमान रहेका र सापेक्षअनुरुप बनाउन सक्ने किसमको अधिकार सम्पन्न सरकार रहेको छ । सीप विनाको बैदेशिक रोजगार लाई अन्त्य गर्न,स्थानिय श्रोत,साधनको सहि परिचान गर्न र स्वदेशी उत्पादन लाई बढवा दिई निर्यात पर्वद्धन तथा आयात प्रतिस्थापन गरि नेपालीलाई पौरखी बनाउन र देशलाई आत्मनिर्भर बनाई बढ्दो बेरोजगारी समस्या न्युनिकरण गर्न व्यवसायिक शिक्षा पहिलो खुट्किलो बन्नेमा कुनै दुईमत हुन सक्दैन ।

लेखक ः रमेश अधिकारी जाजरकोट प्राविधिक कलेजका प्रिन्सीपल हुनुहुन्छ ।





error: Content is protected !!