कांग्रेसले जाजरकोटमा देखायो शक्ति

जाजरकोट , नेपाली कांग्रेस जाजरकोटले आज सदरमुकाम खलंगामा कार्यक्रता सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा खास गरी सरकारको विरोध , आलोचना विषयमा व्यापक छलफल भएको छ ।

अन्तरक्रिया अगाडी सदरमुकाममा विरोध प्रर्दशन समेत गरिएको थियो । दलको १५ दिने जागरण अभियानको समापनको अवसरमा नेपाली काँग्रेसले सदरमुकाम खलंगामा सरकार विरुद्ध प्रदर्शन मात्र गरेन , सरकारका टिकाटिप्पणी गर्न न्वरण देखिको वल लगाउन समेत उद्धी जारी गरेको छ ।
जिल्लाका सातै स्थानीय तहमा विभिन्न जागरणमुलक कार्यक्रमहरु सकेर काँग्रेस जाजरकोटले जिल्ला भरिका नेता कार्यकर्ताहरुको सहभागितामा खलंगामा सरकार विरोधी प्रदर्शन गरेको काँग्रेस जाजरकोटका सचिव खडकवहादुर बिसीले बताए । उहाँले सरकारका गलत क्रियाकलाप, जनताका असन्तुष्टि र भ्रष्टाचारका विरुद्ध खवरदारी गर्दै आफुहरुले सदरमुकाममा शान्तिपुर्ण प्रदर्शन गरेको बताए  ।
जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा खटिएका झकवहादुर डांगी, टंकप्रसाद उपाध्याय, जाजरकोट काँग्रेसका सचिव खडक विसी, नेताहरु हरिचन्द्र बस्नेत, महेन्द्र शाह भुमिलाल रोकाय लगाएतका नेताहरुले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा काँग्रेसका नेताहरुले वर्तमान सरकारको काँग्रेसले भन्दा वढी विरोध सर्वसाधारण जनता, र नेकपाकै नेता कार्यकर्ताहरुले गर्ने गरेको बताए । तस्वीर ःलभ ओलीको फेसवुकबाट ।




सम्बन्धित समाचार


error: Content is protected !!