रेडपाण्डा दिवस विविध कार्यक्रम गरी मनाइयो

कालीप्रसाद थापा । दशौं अन्तर्रा्ष्ट्रिय रेडपाण्डा दिबसको अबसरमा वारेकोटको बीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सामा विद्यालय स्तरीय वक्तृत्व र चित्रकला प्रतियोगिता सन्चालन गरिएको छ ।

रेड्पाण्डा नेटवर्क काठमाडौको आर्थिक सहयोग र डाँफे युवा क्लब जाजरकोटको सहजीकरणमा माध्यमिक विद्यालय स्तरीय रेड्पाण्डा संरक्षणमा बिद्यार्थीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।
स्कुले विद्यार्थीहरु मार्फत जाजरकोटमा रेडपान्डा संरक्षण अभियानलाइ प्रभावकारी र शसक्त वनाउन वक्तृत्व र चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगितामा कालिका आदर्श माध्यमिक विद्यालय रामीडाँडाका नबराज ज्योतिले प्रथम स्थान,भगवती आधारभुत विद्यालय जिरीका सन्तोष नेपाली र भुपेन्द्र बोहोराले क्रमश द्धितीय र तृतीय स्थान गरेका थिए भने चित्रकला प्रतियोगितामा भगवती आधारभुत बिध्यालय जिरीकै पारस नेपाली प्रथम, कालीका आदर्श माध्यमिक विद्यालय रामीडाडाका दानियल विक द्धितीय र भगवती आधारभुत विद्यालय जिरीकी पुस्तिका रावत तृतीय स्थान प्राप्त गरे ।

 

यसै गरि खुल्ला प्रतियोगितामा सहभागी हुनेहरुलाइ पनि रेडपाण्डा संरक्षण परीयोजनाका संयोजक भुपलाल केसीले ब्यक्तिगत पुरुस्कार बितरण गरे ।
विस्वकै लोपोन्मुख जनावर रेडपान्डाको सरँक्षणको लागि बारेकोटको नायकवाडा,मुल्साम,सक्ला,रामीडाडा र कुशेका पैक,अर्छानी,टालेगाउ लगाएत बिभिन्न स्थानहरुमा रेडपाण्डा संरक्षण सम्बन्धि कार्यक्रम लागु भएको र उक्त कार्यक्रममा बस्ती बस्तिका बन उपभोक्ताका युवाहरुको महत्वपुर्ण सहयोग रहेको
परियोजना संयोजक केसीले बताए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले रेडपान्डाको संरक्षणका लागि स्थानीय जनताको भुमिका महत्वपुर्ण रहेको वताए । उनीहरुले रेडपान्डाको आहाराको रुपमा रहेको निंगालोको सुरक्षा र चोरी सिकारी वन्द गराउने काममा स्थानीयले सहयोग गर्नु पर्ने उनीहरुको भनाइ थियो





error: Content is protected !!