रेडियोमा मेरो रहर र यात्रा

कालीबहादुर नेपाली ,जाजरकोट । आदरणीय श्रोता महानुभावहरू,नमस्कार अनि पाठक वर्गमा पनि मेरो मिठो माया सम्झना ।

मानिस समयको परिवर्तन संगै अगाडि बढ्दै र प्राप्त गरेका अनुभवहरू संग खेल्दै विभिन्न ज्ञान तथा सीप सिक्दै अगाडि बढ्ने गर्छ । सायद मैले प्रत्रकारीता र रेडियो क्षेत्रमा काम गरेको धेरै भएको छैन । तीन बर्ष पुरा भइ चार बर्षमा प्रवेश गरेको छ ।
उमेरले ८ र १० बर्षको हुँदो हुँ गाउँ घरमा रेडियो एफ.एमहरू लोकप्रिय संञ्चारमाध्यमहरू रहेका थिए । घरमा आमाले मामाको घरवाट दिन काट्न मागेर ल्याएको रेडियो खुवै सुन्ने मेरो बानी निरन्तरको पेशा जस्तै थियो । विहान ५ बजेको धार्मिक धुन संगै राती ११ बजेको गजल यात्रा र संगितका लहरा सम्म हुन्थ्यो ।

मेरो परिवारले जेनतेन जोडेको रेडियोलाई आँटीको पालीमा राख्ने र सुनाउँने भन्थे । समयसमयमा रेडियो खस्थ्यो घर नै सुन्य हुन्थयो । रेडियोमा भित्र बोल्ने मान्छे कस्ता होलान ? काँहाँ बस्लान जस्तो लाग्थयो ? कहिलेकाही रेडियो खोल्थे भित्रका पाटपुर्जा भाँचीने अनि रेडियो बन्द । माथीले घरका कान्छा काकाले एउटा रेडियो किनेर घन्काए ।

कौसीमा राखेर दिनभरी चर्को चर्को स्वरमा बजाउँन भित्याउने उनी । कुरा २०७३ साल तिरको हो ।  म एस.इइ परीक्षा दिएर गाउँमा बसिरहेको थिए । सुर्खेत बाट प्रसारण हुने रेडियो सुर्खेतले रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सञ्चालन गरेको थियो । त्यस तालिममा सहभागी हुने भन्दै मैले मेरो दाइलाइ फोन गरेर भनेको थिए ।

दाइ म रेडियो उद्घोषण तालिममा जाने निर्णय गरे भनेर दाइलाइ मैले फानेमा मार्फत भनेको थिए । दाइले पनि मेरो कुरालाइ सहज रूपमा स्वीकार गरेर मलाई जाने भन्नु भएको थियो । मैले त्यस पछि खुशी हुदै फोन गरे सर नमस्कार म पनि आउँदै छु ।

भनेर जानकारी दिएको थिए । तत्कालिन स्टेशन म्यानेजर कृष्णाजंग शाहले मलाइ बोलाउनु भयो । त्यसपछि तालिम लिनका लागी भनेर म सुर्खेत गए ।
तत्कालिन न्युज चिफ.दिपकजंग शाही र स्टेशन म्यानेजर कृष्णाजंग शाह मेरो गरू बने । सबै बाट राम्रो छ भनेर प्रतिक्रिया पाए । झन मलाइ उर्जा प्राप्त भयो र मैले रेडियोमा काम गर्न उत्साहका शुरू गरे ।

त्यसपछि जाजरकोटका आए जाजरकोटको रेडियो जाजरकोट एफ.एममा टेक्निसियनमा काम गर्न थाले त्यति वेला जनक सिहं,नवराज शाही,र सुरेन्द्र सुमन मेरा गरू बने । मैले खासै प्राविधिकमा होइन रेडियोको उद्घोषणमा मेरो रूचि त्यसपछि कार्यक्रम चलाउन थाले सबैले राम्रो भन्दै प्रतिक्रिया पाए । शुरु शुरुमा मैले ३ हजार तलव बाट शुरु गरेको रेडियोको यात्रा ५ हजार हुँदै १० अनि १२ मा पुग्यो ।
शुरुशुरुमा एफ.एममा बोल्न निकै रहर लाउने विहान,बेलुका,साँझ र राती म रेडियोमा रहने काम गर्ने । कहिले विज्ञापनमा बोल्न पाउँला भन्दै पालो कुर्ने बस्ने । त्यो सवै रहर पुरा भयो । मेरा धेरै साथीहरु विभिन्न रेडियो मा सञ्चारकर्मी भए र काम गरे कतिले छाडे ।

कोही विदेशमा रहे । केही व्यापारमा जमे ।तर,म आज सम्म रेडियोकर्मी भन्दै हिडँछु मेरो रेडियोकर्मीको यात्रा अहँ टुङगो छैन् । पहिला पहिला रहरले बोले रेडियोमा समय र परिवारको आवश्यकता बुझदै जाँदा रहरले होईन बाध्यताले त्यही राखेको छ । आगामी सोच छैन् । भगवानको आशामा छु । कसो दिन नआउँलान र मेरा पनि त दिन फेरेलान भन्ने लाग्छ ।





error: Content is protected !!