तपाइको मोबाइल नम्बर कसको नाममा दर्ता छ , पत्ता लगाउनुस् यसरी


काठमाडौँ । तपाईले प्रयोग गरिरहेको मोबाइल अर्कैको नाममा दर्ता त छैन , यदी अर्कैको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरिरहनुभएको छ भने समयमै आफ्नो नाममा नामसारी गर्नु राम्रो हुनेछ । त्यसका लागि आपश्यक कागजात सहित सम्बन्धित दूरसञ्चार कम्पनीका कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

नेपाल टेलिकमले छिट्टै नाम दर्ता भएको सिम सम्बन्धित व्यक्तिले मात्रै चलाउन पाउने नियम ल्याउन लागेको छ । नमस्ते पोष्टपेड मोबाइल नम्बर नामसारी गर्नुपर्ने भएमा दुबैजना परिचयपत्र ९नागरिकता तथा राहदानी० सहित स्वयम् टेलिकमको कार्यालय पुग्नुपर्ने हुन्छ ।

यसका लागि ५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने नेपाल टेलिकमले जनाएको छ । कसरी थाहा पाउने रु नेपाल टेलिकमका लागि scode  टाइप गरी १४१५ म्यासेज गरेर तथा एनसेलका लागि *9966# डायल गरी आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर कसको नाममा दर्ता छ थाहा पाउन सकिन्छ ।

सरकारी सेवा विद्युतीय प्रणालीबाट प्रवाह गर्न नागरिक एप तयार भइरहेको छ । त्यसका लागि मोबाइल नम्बरलाई व्यक्तिको पहिचान नम्बरको रुपमा प्रयोग गर्न लागिएको छ । यसले गर्दा अब अर्काको नाममा दर्ता मोबाइल नम्बर चलाउन पाइनेछैन । तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर तपाईकै नाममा हुन जरुरी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!