जाजरकोटमा आज देखि टाईम कार्ड सुरु


जाजरकोट, बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्नका लागि जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाईमकार्ड लागु गरिएको छ ।
दशै ,तिहार जस्ता ठुला पर्वमा जथाभावी यात्रुहरु राखेर भारी गतीका साथ यातायातका साधन सञ्चालन हुँने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

नयाँ व्यवस्था अनुसार जाजरकोट सदरमुकाम देखि सुर्खेतको छिन्चु र सदरमुकाम देखि रिम्ना सम्मको सडकमा टाईमकार्ड लागु गरिएको छ । रिम्ना –होलुखोला १ घण्टा , होलुखोला –खलंगा ४५ मिनेट , खलंगा देखि मटेला ३० मिनेट , मटेला कुदु २० मिनेट , कुदु देखि छेडाचौर सम्म १ घण्टा २० मिनेटमा यात्रा पुरा गर्नुपर्ने अस्थायी जिल्ला टा«फिक कार्यालय , जाजरकोटले जनाएको छ ।
टाईम कार्ड उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य सदस्य गणेसप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व हो , राम्रो व्यवहार र अनुशासित पुर्वक यात्रा गनतव्यमा लिने काम यातायात व्यवसायीको काम हो , यो भन्दा दायाबाँया हुँनुहुदैन भन्दै उहाँले भन्नुभयो , “सदरमुकाम देखि दल्ली र खलंगा देखि पाँचकाटिया सम्मको सडकलाई सहज रुपमा यात्रा गर्नका लागि तत्काल काम सुरु हुँने छ , दशै अघि नै सहजरुपमा यात्रा गर्न वातावरण तयार हुँने छ ।”
त्यस्तै तोकिएको समय भन्दा अघी वा पछि यातायातका साधनहरु गुडाउने व्यवसायीलाई कारवाही गरिने प्रजिअ पन्तले बताउनुभयो । उहाँले भन्नुभयो , “ स्वास्थ्य प्रतिस्पर्धा र मर्यादित भएर मात्र गाडी चलाउन सवैमा अनुरोध छ , यदि यो कुरालाई नमानेमा कानुन अनुसार कारवाही गर्न बाध्य हुँने छौँ ।”










