अनुगमनमा  गएका पजिअ  संग ,डाक्टरले पोखे गुनासै गुनासो

कालीबहादुर नेपाली  जाजरकाेट । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्ला अस्पताल जाजरकोटको अनुगमन गरेका छन ।

शुक्रबार जिल्ला अस्पताल जाजरकोटमा विभिन्न खालको समस्या भएको गुनासो पाएपछि अस्पतालको अनुगमन गरिएको प्रजिअ पन्तले बताए । उनले अस्पतालको अनुगमन गर्ने क्रममा आफुले अस्पतालको अबस्था निरिक्षण गरेको बिषयलाई स्वास्थ्य सेवा सुधारका लागि सकारात्मक भुमिकाका रुपमा बुझ्न प्रजिअ पन्तले सबैलाई आग्रह गरे ।

चिकित्सकले जिल्ला अस्पतालको ओपिटी कक्षमा बिरामी जाँच गरिरहेको अबस्था, ल्याप कक्ष, अस्पतालको फार्मेसी, पुर्जी कक्ष, विरामी कक्ष निरिक्षण गर्नुको साथै अस्पतालको प्रशासन शाखामा गएर प्रजिअ पन्तले विदामा बसेका कर्मचारी र अस्पतालको विभिन्न फाँटमा ड्युटीमा रहेका कर्मचारीहरुको हाजिरी रेकर्डको जाँच गरेका थिए ।

अस्पतालमा लेखापाल नहुदा औषधी खरिद गर्न, स्वास्थ्यकर्मीहरुको तलवभत्ता खान नपाएको समस्यालाई अध्ययन गर्दै प्रजिअ पन्तले आफ्नो तर्फबाट लेखापालको लागि तत्काल पहल गर्ने बताए । स्वास्थ्यकर्मीहरुले प्रजिअ बस्नेत संगको कुराकानीमा अस्पतालमा विभिन्न किसिमका समस्या छन् ।

लेखापाल नहुँदा लेखापरिक्षण ठप्प भएको कुरा, अस्पतालमा समान्य औषधी खरिद गर्न भएको गुनासो प्रमुख जिल्ला अधिकारी संग पोखे । प्रमुख जिल्ला अधिकारी पन्तले आफुले सक्दा पहल गर्ने बताए ।

लेखापरिक्षण ठप्प,औषधी खरिदमा समस्या

जिल्ला अस्पताल जाजरकोटमा लेखापालको अभावमा लेखापरिक्षण ठप्प भएको छ । जाजरकोट अस्पतालमा आर्थीक बर्ष २०७४र०७५ देखि अस्पतालमा लेखापाल अभाव हुदाँ लेखापरिक्षण ठप्प भएको हो ।

जिल्ला अस्पताल जाजरकोटका निमित प्रमुख केशरबहादुर कार्कीले भेरीमालिकाकर्मी संगको कुराकानीमा अस्पतालमा लेखापाल नहुँदा औषधी खरिद देखि अन्य प्रशासनिक काममा समस्या भएको जानकारी दिए । उनले भने,“ जिल्ला अस्पतालमा लेखापालका अभावमा हामीले औषधी खरिद गर्न सकिरहेका छैनौ, यसले गर्दा अस्पताल प्रशासनलाई मात्र होइन, विरामीलाई समेत समस्या हुन थालेको छ ।

” आर्थीक परिक्षण नहुँदा औषधी खरिद समस्या भएपछि विरामीलाई उपचारमा समेत उपचार गर्न समस्या भएको उनको भनाई छ । जाजरकोट जिल्ला अस्पतालमा आर्थीक बर्ष सम्म २०७४÷०७५ को लेखा परिक्षण समेत ठप्प भएको छ । लेखापालको पदपुर्ति गर्न हामीले बारम्बार प्रयास गरिरहेका छौ ।

कोही पनि आउन मान्नु भएको छैन, केही समय पहिले कोलनिका सरले काम गर्नुभयो । उहाँ पनि कहिले पनि टाइम आउनुुुहुन्न यसले समस्या भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष धर्मशिला बस्नेतले बताईन । उनले भनिन्, “अस्पतालमा लेखापाल खोज्न थालेको दुई बर्ष नै हुनथाल्यो । कर्णाली प्रदेशमा पनि लेखापाल पाउन गाह्रो भएको छ ।

आर्थीक मामिला मन्त्रालयमा पाि हामी गयौ । कर्णाली प्रदेश मन्त्रालयमा नै लेखापाल नहुँदा समस्या भएको छ ।” जाजरकोट जिल्लामा आउन पनि नमान्दा समस्या भएको छ ।” अस्पतालमा आर्थीक बर्षमा लेखापालको अनुहार नै देख्न नपाएको उनले बताइन । उनले जाजरकोट अस्पतालमा अब जिल्ला आयूर्वेदमा लेखापाल छन् भन्ने खबर पाएको छु ।

“अब छिट्टै अस्पतालमा ल्याउने भनेको तर आयूर्वेदका हाकिम साव काठमाडौँ जानु भएकाले समस्या भएको छ । हामी लागि रहेका छौँ । कोही जाजरकोटमा काम गर्ने लेखापाल भए जिल्ला अस्पताल खाली रहेको समेत रहेको भन्न चाहान्छु ।”




सम्बन्धित समाचार


error: Content is protected !!