कञ्चनपुरमा वडा अध्यक्षको कारमा आगजनी

कञ्चनपुरमा वडा अध्यक्षको कारमा आगजनी गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जगतबहादुर सिँहको कारमा अज्ञात समुहले आगजनी गरेको हो।

वडा अध्यक्षको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।
पार्किङमा राखिएको कारमा बिहान साढे १ बजेको समयमा आगजनी गरिएको वडा अध्यक्ष सिँहले बताए। रातीको समयमा पार्किङमा राखिएको कारमा आगजनी गरिएपछि प्रहरीलाई खबर गरेको उनले जानकारी दिए।





error: Content is protected !!