चर्चा कमाउँदै कला केन्द्र, बाल दिवसको अवसरमा कविता प्रतियोगिता गर्ने

जाजरकोटको बारेकोटमा स्थापना गरिएको बारेकोट कला केन्दले चर्चा कमाउँदै गएको छ । बारेकोटमा रहेका साहित्यिक मनहरुको उल्लेखनिय भुमिका साथ स्थापना गएिको केन्द्रले चर्चा कमाउँदै गएको हो ।

कला केन्द्रका अध्यक्ष काली प्रसाद थापाले संस्था स्थापना र संस्थाको बर्तमान स्थितिका विषयमा नेपालपोस्ट संगको कुराकानीमा यस्तो बताएका छन् । “जिल्लाकै उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा बारेकोट साहित्य कला केन्द्रको स्थापना गरिएको छ ।

उक्त कला केन्द्रको स्थापना २०७५ सालमा भएको हो । बारेकोटका बस्ती बस्तीहरुमा साहित्य कलाको बिस्तार अनि सन्देश पुर्याउन यस केन्द्रको मुख्य आशय रहेको छ । साहित्यलाई बिस्तार गर्न बारेकोटी श्रस्टाहरुको नितान्त सहयोग सद्भाव हुनुपर्ने र सो कारणले बारेकोट साहित्यमय बनाउन तदर्थ समितीले दुई महिनाको एक पटक श्रस्टा भेटघाट तथा रचना बाचन कार्यक्रमहरु गर्दै आएको छ ।”
अध्यक्ष थापाका अनुसार , “बारेकोटका ६ वटा मा. बि. हरु कालिका आदर्श मा. बि. रामीडाडा,दिपेन्द्र मा. बि सक्ला,सिता मा. बि. कार्कीज्युला,सरस्वती मा. बि. सिलिङ्गीचौर,बीरेन्द्र ऐश्वर्य मा. बि. लिम्सा र दिपेन्द्र मा. बि. मुल्साममा प्रती

बिद्यालय बिद्यार्थी स्तरीय उपसमितिमा एक संयोजक एक सचिब र तीन जना सदस्यहरु गरी पाँचजनाका दरले तीस जना सदस्यहरु,तदर्थ समितीका मध्य आजिबन सदस्यहरु पाँचजना र साधारण सदस्यहरु एघार,सल्लाहकार सदस्यहरु पाँच जनागरी ५१ सदस्यहरु पुगीसकेका छ्न ।”

बालदिवसको अबसरमा मा.वि स्तरीय प्रतियोगिता

बारेकोट कला केन्द्रको आयोजनामा मा.वि स्तरीय कविता प्रतियोगिता हुने भएको छ । भाद्र २९ गते बाल दिवसको अवसरमा कार्यक्रम गर्न लागिएको अध्यक्ष कालीप्रसाद थापाले जानकारी दिए । उनले भने, बारेकोटमा धेरै साहित्यिकार ,कविहरु छन् तिनीहरुको प्रतिभाकाे कदर गर्न कार्यक्रमको आयोजना गरिएको हो ।





error: Content is protected !!