बारेकोटमा सञ्चार पहुँच पुगेन डाँडामा गएर हुन्छ फोन

कालीबहादुर नेपाली जाजरकाेट । जिल्लाको बारेकोट गाउँपालिकामा सञ्चार सुविधाको पहुँच नपुग्दा स्थानीय अझै सञ्चारको पहुँच बाहिर रहेका छन् । बारेकोट गाउँपालिकाका नागरिक अहिले पनि संचारको पहुँचभन्दा बाहिर छन् ।
इमेल, इन्टरनेट जस्ता प्रविधिले विश्व जगतलाई नजिक बनाइरहेको बेला यहाँका नागरिक भने देशविदेशमा रहेका आफन्तसँग कुरा गर्नका लागि पनि राम्रो नेटवर्क नपाउँदा समस्यामा छन् ।
मोबाईको टावर नहुँदा बारेकोटका बासिन्दा फोन गर्ने समयमा डाँडामा जानुपर्ने बाध्यता छ । गाउँपालिकाकमा झन्डै १० हजार जनाको बसोबास रहेको छ । बारेकोटका अधिकांश वस्तीहरु अझैपनि संचारको पहुँचमा जोडिन सकेका छैनन् । नागरिकलाई सञ्चार सुविधा उपलब्ध गराउन पहल गरिएपनि सम्बन्धित निकायको ध्यान नजाँदा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाई छ ।
बारेकोट गाउँपालिकाका विभिन्न वडाहरुका सञ्चार सेवा नहुँदा नागरिक समस्यामा परेको स्थानीय मानबहादुर विकले बताए ।










