सुत्केरी ज्यान बचाउन पाँच दिन पछि उद्धार

जाजरकोट ः जाजरकोटमा सुत्केरी हुँन नसेकेर समस्यमा परेकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्दा , गर्दा बच्चा जन्मिएको छ ।
तोकिएको मिति भन्दा झण्डै ७ दिन म्याद नाँग्दा सम्म सुत्केरी हुँन नसकेकोपछि जाजरकोटकी कुशे गाउँपालिका –१ धाउनीकी २५ वर्षीय संगिता सिंह (शाही)लाई उद्धार गर्न हेलिकोप्टरमा राखे लगत्तै छोराको जन्म भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरर्गत राष्ट्रपती महिला उत्थान कार्यक्रम समन्वय इकाइको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताउनुभयो ।
भदौ १६ गते सुत्केरी हुँने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्यचौकीमा लिईएको र त्यहाँ पनि उपचार सम्भवन नभएपछि परिवारका सदस्यले भदौमा १७ गते पजारु स्वास्थ्य चौकीमा लिएका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि आज कुशे गाउँपालिका –१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकोप्टर मार्फत सुर्खेत पठाउने तयारी हुँदा हुँदै बच्चा जन्मिएको भएपनि आमाको अवस्था गम्भिर रहेको नेपाल कम्यूनिष्ट पाटी (नेकपा)का नेता कृष्णबहादुर विसीले बताउनुभयो ।
आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका अनुसार संगितालाई अत्यधिक रक्तश्रव भईरहेको छ । यी उपचार गरिएका दुनै स्वास्थ्य चौकीमा छामेर मात्र उपचार हुँने गर्दछ । स्रोत , साधनको अभावका साथै दक्ष जनशक्तिको अभावमा जाजरकोटका दुर्गमका महिलाहरु अकालमै मृत्यु हुँने गरेको छ ।










