मानव बेचविखन विरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट , जाजरकोट प्रहरीले जिल्लाका सवै सामुदायिक विद्यालयमा मानव बेचविखन विरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ ।
मावि तहमा विद्यार्थीहरुलाई लक्षित गरेर मानव बेचविखन विरुद्ध सचेतनामुलक कक्षा चलाएको जाजरकोट प्रही प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । विद्यार्थीलाई केन्द्रीत गर्दै विद्यालयमा दुव्र्यसन बिरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
एकहोरो पाठ्यपुस्तक मात्र रटेर वसेका विद्यार्थीलाई मानव बेचविखन विरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताउनुभयो । लागु पर्दाथ सेवन, मानव वेचविखन तथा औसार पसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हार्सिल गरेको उहाँको भनाई छ ।
हाम्रो समाजमा हुँने विभिन्न किमिसका अपराधजन्य कुरा , कानुनमा भएको सजाएको व्यवस्थाका विषयमा समेत जानकारी भएको त्रिभुवन मावि नलगाड नगरपालिका – ७ की छात्रा रमिता पुनले बताउनुभयो । जाजरकोटका ७ वटा स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ ।
सामुदायिक विद्यालयका कक्षा ८, ९ , ११ र १२ अध्यनरत विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको छ । प्रहरीले कक्षाकोठामा विद्यार्थीहरुलाईमानव बेचविखन भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न गर्छन् ?
साथै प्रशिक्षणमा लागु औषध सेवन पश्चातका लक्षणहरु, कुलतमा फसेकाहरुलाई सुधार गर्न सकिने उपाँय साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित कानून र सजायंको व्यबस्था बारेमा जानकारी दिदै आएको छ ।
मानव बेचविखनबाट हुँने हाँनी , वेफाईदा कार्यमा विद्यार्थी, बिद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित गरि प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय , जाजरकोटका डिएस्पी श्यामबहादुर खत्रीले बताउनुभयो ।
झण्डै १२ देखि १९ बर्ष उमेरदेखि नै युवाहरु मानव बेचविखन शिकार हुँने भएकाले बिद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको बिद्यालयका शिक्षकहरुले बताएका छन् । यस्ता खालका कार्यक्रम महिना, महिना गरिनुपर्नेमा अभिभावकको जोड रहेको छ ।
––– हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!