रुकुम पश्चिममा बाढीपहिरोका कारण २ जनाको मृत्यु

रुकुम पश्चिम ः बाढीपहिरोका कारण रुकुम पश्चिममा दुई जनाको मृत्यु भएको छ। रुकुम प्रहरीका अनुसार चौरजहारीको बाढी र आठविसकोटको पहिरोमा परी सोमबार दुई जनाको मृत्यु भएको हो।

चौरजहारीको बाढीमा परी मृत्यु हुनेमा सल्यानका ५० वर्षे ठोके वली र आठविसकोटको पहिरोमा मृत्यु हुनेमा १६ वर्षिया कमला केसी रहेको रुकुम पश्चिमका इन्सपेक्टर कविराज रोकायाले जानकारी दिए।

इन्सपेक्टर रोकायाका अनुसार टिउसन पढेर फर्कंदै गर्दा १६ वर्षिया कमला पहिरोमा परेकी हुन्। घटनाको थप विवरण आउँन बाँकी छ।




सम्बन्धित समाचार


error: Content is protected !!