चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे, २५२ हराए

जाजरकोट ः चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरी र चट्याङका कारण २५२ भेडा हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो।

कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जिविका चलाउँदै आएका छन्। भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने कुशे गाउँपालिका ८ कफल्ला दुर्ग बहादुर रोकायले बताए।

‘चट्याङले हामी किसानको रोजीरोटी खोसिदिएको छ’, उनले भने,‘कुशे गाउँपालिकाका माथिल्लो क्षेत्रमा भेडापालन व्यावसायिक किसानको लागि आम्दानीको पहिलो स्रोतको रूपमा मानिदै आएको छ।’




सम्बन्धित समाचार


error: Content is protected !!