ढुवानी भाडा नपुग्दा सुर्खेतमै थन्कियोे एम्बुलेन्स

डोल्पा ः जिल्ला अस्पताल डोल्पाले खरिद गरेको एम्बुलेन्स सुर्खेतमै थन्किएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको बजेटमा खरिद गरिएको उक्त एम्बुलेन्स ढुवानी भाडा नभएपछि सुर्खेतमै थन्किएको हो ।
एम्बुलेन्स खरिदकालागि मन्त्रलायले १५ लाख रुपैयाँ छुट्याएको थियो । १२ लाख रुपैयाँमा खरिद गरिएको र बाँकी ३ लाख फ्रिज भएपछि डोल्पासम्म पु(याउन भाडा अभाव भएपछि सुर्खेत मन्त्रालयमै राखिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख सिजन रावलले जानकारी दिए ।
डोल्पासम्म ढुवानी रकम जुटाउनका लागि मन्त्रालयमा पहल गरिरहेपनि बजेट नुछुट्याइएको उनले बताए । भाडाको चाँजोपाँजो भए लगत्तै हेलिकोप्टर वा गुडाएर कुन माध्यमबाट सजिलोहुन्छ त्यही माध्यमबाट एम्बुलेन्स डोल्पा लैजाने उनले बताए ।










