नियमित पानीको वहाव बढ्दा खोलाको पुल बग्यो , दर्जन घर जोखिममा

जाजरकोट  ः शनिबार वेलुका देखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका –५ सिर्के , एैरारी, हारेकाप्ला , चारगाउँ जोड्ने पुल बग्दा वाटो अवरुद्ध भएको छ ।
गाउँको बीचमा रहेको रहेको सिर्के खोलामा पानीको मात्रा बढेको कारण १ वटा काठेपुल बग्दा एक गाउँबाट अर्को गाउँमा जाने बाटो अवरुद्ध भएको छ । त्यस्तै जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थीहरु आईतबार विद्यालय आउन नसकेको शिक्षक हरिश बुढाथोकीले जानकारी दिनुभयो ।
लविसा , गर्छीना , काफलवाटा, भारगाउँ जाने स्थानीयवासीहरु विहानै देखि पुल नहुँदा यात्रा अवरुद्ध भएको छ । अघेल्लो वर्ष पनि यही खोलाले पुल वगाउँदा समस्य भएको थियो । नलगाड पहुँचमार्गको सडकबाट बाढी आउँदा ११ वटा घर जोखिममा परेका छन् ।
बाढीका कारण .देभिभक्त घर्ती,.कमला शाही,.जनकबहादुर शाही ,रुद्रबहादुर शाही ,रामबहादुर घर्ती ,अनुरुप बि.क., .माया खत्री ,.बिल्खे कामी ,चन्द्र बहादुर शाही र ,महेन्द्र शाहीको घर जोखिममा परेका छन् । त्यस्तै .जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको छ भने बिल्खे कामीको आरन पुरिएको बुढाथोकीले बताउनुभयो । पानी निरन्तर परिरहेकोले खोलाको कटान नरोएिको उहाँको भनाई छ । सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत व्यापक क्षति भएको छ । त्यस्तै नलगाड नगरपालिका – ८ सिमा गाउँमा समेत जोखिम बढेको छ ।
त्यहाँका १८ घरधुरी घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताउनुभयो । डोजरद्धारा खनिएको सडक भाँसिएपछि पहिरो आउँदा जोखिम निम्तिएको हो । त्यस्तै सोही वडाकै कार्यखेतमा ७ घर जोखिममा परेको पंञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकास सिंहले बताउनुभयो । जोखिम बढेपछि घर नै छाडेर अर्को गाउँमा वस्न बाध्य भएको उहाँको भनाई छ ।
आज नै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका २ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच घटनाप्रति वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले गहिरो दुःख व्यक्त गनुभएको छ । दुर्घटनामा परि मृत्यु हुनुभएका परिवारजनप्रति सहानुभुति व्यक्त गर्दै उहाँले संयमता अपनाउन आग्रह गरेका छन् ।
उद्धार तथा खोजिकार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय जनसमुदाय तथा सरकारी अधिकारीहरुलाई धन्यवाद दिदै वन मन्त्री बस्नेतले खोजीकार्यलाई निरन्तरता दिन समेत आग्रह गनुभएको छ । यसै गरी भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले समेत दुख व्यक्त गनुभएको छ ।
उहाँले यस दुखको घडीमा सवैले आ आफ्नो ठाउँमा सहयोग गर्न समेत आग्रह गरेका छन् । निरन्तर पानीका कारण जाजरकोट –राडी , दल्लीको यातायात सेवा अवरुद्ध भएको छ । खोलामा पानीको मात्रा बढेका कारण यातायात सेवा अवरुद्ध भएको हो । खोलामा पुल नहुँदा यातायात सुचारु गर्न नसकिएको हो । निरन्तर पानी परिरहेकाले सवैले यात्रा गर्दा , घरमा वस्दा ध्यान दिन , अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका स्थानीयलाई सचेत रहज आग्रह गरिएको छ । नदीमा पानीको वहाव वढेका कारण नदीबाट काठ निकाल्ने स्थानीयलाई सचेत रहन समेत आग्रह गरिएको छ ।
––– हेमन्त केसी




सम्बन्धित समाचार


error: Content is protected !!