सुविधा भएकै ठाउँमा जाजरकोटको स्वास्थ्य सेवा

हेमन्त केसी 
जाजरकोट , भौगलिक रुपमा जाजरकोट सानो भएपनि जटिल भु बनोटका कारण यहाँका स्थानीयवासीहरु सहज रुपमा स्वास्थ्य सेवा पाउँन सकेका छैन्न ।
जिल्लालाई ७ स्थानीय तहमा विभाजन गरेपनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अत्यन्तै कम रहेको छ । जाजरकोटमा ५० शैयाको १ वटा जिल्ला अस्पताल छ । प्राथमिक स्वास्थ्य केन्द्र तीन , स्वास्थ्य चौकी ३१ रहेका छन् । आँखा अस्पताल १ , जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र १ , आयूर्वेद औषधालय २ वटा रहेका छन् । यि सवै जनतको पहुँच भन्दा पनि सुविधा सम्पन्न ठाउँमा मात्र केन्द्रित छन् ।

कुशेगाउँपालिकामा ५ वटा स्वास्थ्य संस्था रहेका छन् भने त्यहाँ दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनुभयो । प्राथमिक स्वास्थ्य चौकी घरंङगा १ जना एच एको दरवन्दी खाली रहेको छ । त्यस्तै ढिमे प्रथमिक स्वास्थ्य चौकीमा १ जनाएच एको दरवन्दी खाली रहेको र टालेगाउँमा अहेवको दरवन्दी खाली रहेको छ ।
यो गाउँपालिकामा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नभएको भन्दै नयाँ ४ ठाउँमा स्वास्थ्य संस्था निर्माणका लागि वोलपत्र आवह्वान गरेर यस स्वास्थ्यकर्मीको न्यूक्ति प्रक्रिया सुरु हुन लागेको बस्नेतले बताउनुभयो । कुशे गाउँपालिकामा एमविविएस दरवन्दी भएका स्वास्थ्य संस्था नै नभएको अवस्था छ । कुशे गाउँपालिकामा पनि एम्वुलेन्स खरिद नभएको अवस्था छ । सडक सञ्जालले जोडिएपनि एम्वुलेन्स खरिद नभएको हो ।

जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा लामो समय देखि एमविविएस चिकित्सको दरवन्दी भएपनि रित्त हुँदै आएको छ । जिल्ला सवै भन्दा दुर्गम र यातायातको सहज पहुँच नभएको गाउँपालिका जुनिचाँदे पर्दछ ।
त्यहाँ कार्यरत डाक्टर पवन शाक्य अध्यायन विदामा गएपछि सो ठाउँ खाली भएको हो । यातायातको पहुँच नभएको कारण यहाँ एम्वुलेन्स सेवा उपलव्ध छैन् । यहाँ ३ वटा स्वास्थ्य चौकी , ७ वटा सामुदायिक ईकाई , १ प्राथमिक रहेको जुनिचाँदे गाउँपालिकामा दरवन्दी सवै पुरा रहेको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताउनुभयो । यो वर्षको औषधी खरिद गाउँपालिकाले नगरेको उहाँले बताउनुभयो । नलगाड नगरपालिकाका दल्ली स्थित प्राथमिक स्वास्थ्य केन्द्र रहेका छ । यहाँ कार्यरत डाक्टर सञ्जयकुमार यादव ३ महिना देखि विदामा रहेका कारण दैनिक उपचारमा समस्य उत्पन्न भएको छ । यस स्थानीय तहमा ८ वटा स्वास्थ्य संस्था रहेका छन् भने नयाँ अहिले कार्यन्वन हुँने गरी ७ वटा थप्न लागिएको नलगाड नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको स्थानीय तहमा यो पनि पर्दछ ।

एम्वुलेन्स खरिद गर्ने भनि वोलपत्र आवह्वान गरेपनि कसैले पनि सम्झौता नगरेका कारण यहाँको रकम फ्रिज भएको सिंहले बताउनुभयो । जिल्लाको सडक सञ्जालले छोएको र जाजरकोट डोल्पा मोटरबाटोको बीचमा रहेको स्थानीय तह हो । तर यातायातका साधन भने सडकमा चल्दैन्न ।

बारेकोट गाउँपालिका भुगोलको हिसावले ठुलो स्थानीय तह हो । यहाँ यातायातको पहुँच नभएको कारण दैनिक विरामीलाई आवतजावत गर्न समस्य पर्दछ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नभएको स्थानीय तह मध्ये पर्दछ ।
यहाँ १ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ भने दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको अवस्था रहेको छ । १ जना करारमा न्यूक्ति गरिएका नविन साहनीको भरमा लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ ।
औषधी खरिद नगरेका कारण औषधीको समस्य रहेको बारेकोटका अधिकांश स्वास्थ्य संस्थाले बताएका छन् । एक वस्तीबाट अर्को वस्तीमा जानका लागि घण्टै समय खर्चीर्नु पर्ने स्थानीय तहमा मध्यमा यो पर्दछ ।
सरकारको तर्फबाट जाजरकोटमा तत्काल हेलिकोप्टरबाट उद्धार गरिएको घटना भने कम रहेको छ । अघेल्लो वर्ष बारेकोट गाउँपालिकामा स्थानीय तह र एक एनजिऔको सहयोगमा एक सुत्केरीको उद्धार गरिएको थियो । अन्य स्थानीय तहमा यस्ता खालका घटना नरहेको पाईएको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्थाको अभावमा जाजरकोटमा वर्षेनी स्थानीयको मृत्यु भएपनि स्वास्थ्य अवस्था सुधार हुँन सकेको छैन् । जाजरकोटका अधिकांश स्वास्थ्य संस्थामा छामेर उपचार गरिदै आएको छ । लिम्सा, दल्ली सदरमुकाम बाहेक अन्य ठाउँमा छामेर उपचार गरिदै आएको छ ।
जाजरकोटका कुनै पनि स्वास्थ्य संस्थाले औषधी खरिद गरेको छैन्न । जाजरकोट अस्पतालमा पनि औषधी अभाव हुँन लागेको फार्मेसी विभागले जनाएको छ । अस्पतालको आफ्नै लेखापाल नहुँदा कोलेनिकामा समस्य हुँने गरेको छ ।







