उपल्लो डोल्पाका पर्यटन र कृषि क्षेत्रको बजेटमा अनियमितता

डोल्पा ः उपल्लो डोल्पामा निर्माण भइरहेका विकास योजनामा अनियमितता भएको पाइएको छ । अन्य विकास योजनाको काम सन्तोषजन भएपनि पर्यटन र कृषि क्षेत्रका अधिकांश योजनामा व्यापक अनियमितता भएको पाइएको कर्णाली प्रदेशसभा सदस्य बिरहादुर शाहीले बताएका हुन् ।

सांसद साहीले सो क्षेत्रमा भएका विकास योजनाको १५्र दिन स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा यस्तो पाइएको उनले बताए । ‘उपल्लो डोल्पामा बजेटको चरम दुरुपयोग हुन्छ भन्ने सुनेको थिएँ,’ उनले भने, ‘आफैंले स्थलगत अनुगमन गर्दा कृषि र पर्यटनको बजेटमा अनियमितता भएको पाएँ ।’

स्थानीय, प्रदेश तथा संघीय सरकारबाट भित्रिएको बजेटमा घोटाला भएको विभिन्न निकायबाट सुनेपछि उनले स्थलगत अनुगमन गरेका हुन् । उनले उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिकाका भित्रिएका सम्पुर्ण योजनाको अनुगमन गरेका हुन् ।

च्याङ्ग्रा फारम स्थापना गर्ने भनेर आएको ३० लाख रुपैयाँ बजेट पनि दुरुपयोग भएको उनले बताए । शाहीका अनुसार शे–फोक्सुण्डो तालदेखि माथि पर्यटन पदमार्ग निर्माणका लागि आएको ३० लाख रुपैयाँ बजेटमा एउटा काठको पुलमात्रै बनेको छ । नेपालकै प्रशिद्ध ताल शे–फोक्सुण्डो तालसम्म रिङरोड जोड्ने भनेर प्रदेश सरकारले छुट्याएको करोडौँ बजेटमा समेत रकम दुरुपयोग भएको पाइएको उनले बताए ।
सुलिगाड झरनादेखि तालसम्म निर्माण भएको पर्यटन पदमार्ग निर्माणमा पनि अनियमितता भएको उनले बताए ।

‘अनियमितता नरोकिए डोल्पाको विकास १० वर्षपछि धकेलिन्छ’
विकासी योजनमा आर्थिक अनियमितता गर्ने काम नरोकिएसम्म डोल्पाको विकास अझै १० वर्षपछि धकेलिने उनले बताए । सबै योजनाको प्रगति विवरण टिपोट गरेर ल्याएकाले जुनजुन योजनामा रकम दुरुपयोग भएको पाइएको र ति सबै योजनाको छानबिनहुने उनले बताए ।

कार्यालय र कार्यक्षेत्रमा जाँदैनन् सरकारी कर्मचारी
उपल्लो डोल्पामा सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीको उपस्थिति एकदमै कमजोर रहेको कर्णाली प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए ।

तीनवटै स्थानीय तहमा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यक्षेत्रमा नगएर सदरमुकामबाटै सेवा सुविधा लिँदै आएका छन् । विशेष गरेर उपल्लो डोल्पाको शिक्षा क्षेत्र विदेशी दातृ निकायको सहयोगबाट सञ्चालन भइरहेकाले पठनपाठनमा निजि शिक्षकनै सक्रिय रहेको र सरकारी शिक्षकहरु नजाने गरेको पाइएको उनले बताए ।

उपल्लो डोल्पामा स्वास्थको स्थितिपनि नाजुक रहेको पाइएको उनले बताए ।स्वास्थका कर्मचारी नजानाले कार्यालय पनि नखुल्ने र औषधि पनि नपुग्ने भएकाले स्थानीयहरु स्थानीय आम्चीमा भरपर्नु पर्ने बाध्यता कायमै रहेको बताए । सरकारी जागिर खाएर पनि कार्यालयमा नगएरै तलव खाने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग छलफलगर्ने उनले बताए ।

क्याटो नाकाको अनुगमन
सांसद शाहीले नेपाल चिन सीमामा पर्ने क्याटो नाकाको पनि अनुगमन गरेकाछन् ।

क्याटो नाकादेखि साल्दाङसम्म सडक जोड्नकालागि शे–फोक्सुण्डो गाउँपालिकाले डोजर खरिद गरेर काम सुरु गरिसकेको उनले बताए । सरकारको रणनैतिक सडकमा समेत परेको क्याटो र मोरिम्ला नाका खुलाउनकालागि जनता सडक मार्फत दुई करोड, निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रुपैयाँ बिनियोजनगर्ने प्रतिवद्धता गरेका छन् ।

अर्कोवर्षसम्म साल्दाङसम्म मोटरबाटो पु(याउने लक्ष्य अनुसार काम भइरहेको उनले बताए । त्यसैगरि अनुगमनको क्रममा नेपाल खाद्य संस्थानले उपलब्ध गराउँदै आएको नुन क्याटो नाकामै बेवारिसे फालिएको समेत पाइएको छ ।

भोटबासीहरु नुन नपाएर सास्ती भोगिरहँदा जनप्रतिनिधि र मिलेमतोमा लापरबाही गरेर लाखौं रकम बरारको नुन नाकामा बेवारिसे फालिनु अत्यतै दुखत भएको उनको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!