मौसमी फ्लु फैलिएको ठाउँमा सिटामोलकै छैन्

हेमन्त केसी
जाजरकोट ,  जुनिचाँदे गाउँपालिका – १० ,११ सिर्फ, कोताङ मा मौसमी फ्लुका कारण स्थानीयवासीहरु विरामी परेका छन् ।
सदरमुकामबाट दुई दिन टाढाको दुरी रहेको सिर्पमा एक हप्ता देखि मौसमी फलु देखा परेको स्वास्थ्य कार्यालय , जाजरकोटका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम स्थित स्वास्थ्य कार्यालय औषधी पठाउने कार्य सुरु गरिएको उहाँले पठाउनुभयो ।
अहिले कोताङ स्थित स्वास्थ्य संस्थामा सिटामोल सम्म नभएको कोताङ स्वास्थ्यका प्रमुख अशोक यादवले बताउनुभयो । गाउँपालिकाले औषधी खरिद नगरेको र जिल्लाबाट पनि नपुगेको उहाँको भनाई छ ।
जुनिचाँदे गाउँपालिका स्वास्थ्य संयोजक विष्णु गिरीले आज सदरमुकामबाट औषधी पठाउँने काम सुरु हुँन लागेको बताउनुभयो । जिल्लाको सवै भन्दा दुर्गम ठाउँमा पर्ने सिर्पमा यातायातको पहुँच नभएका कारण औषधी ढुवानीमा समस्य परेको हो ।
अहिले स्वास्थ्य संस्थामा सिटामोल , सिरिन्ज देखि सामान्य औषधी नभएको यादवले बताउनुभयो । दैनिक १०० भन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् ।
औषधीको अभावमा विरामीको उपचार गर्न मुस्किल भएको भन्दै यादवले भन्नुभयो , “ तातोपानी खाना , सफा खाना खाना भन्दै मौखिम सल्लाह दिने गरेका छौ ।”




सम्बन्धित समाचार


error: Content is protected !!