कर्णाली प्रदेशका भौतिक योजनामन्त्री खत्री बर्खास्त

सुर्खेत ः कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा१६९ को उपधारा २ को खण्ड (ख) बमोजिम मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन् ।

मन्त्री खत्रीले लिइरहेको भौतिक मन्त्रालयको जिम्मेवारी समेत मुख्यमन्त्री शाही आफैंले लिएका छन् । मुख्यमन्त्री शाहीले सो निर्णयबारे आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!