संघीयकरण वारे दश जिल्लाका पत्रकारलाई प्रशिक्षण

जाजरकोट , देशको संघीय शासन प्रणालीको सफल कार्यान्वयनमा मिडिया मार्फत सहयोग पुरयाउने उद्देश्यले कर्णाली प्रदेशका पत्रकारहरुलाई प्रशिक्षण दिईएको छ ।
तीन दिन सम्म चलेको उक्त प्रशिक्षणमा संघीयकरण प्रक्रिया र सुसूचित पत्रकारीता विषयमा छलफल गरिएको थियो । लोकतन्त्र र विकास संग सम्वन्धित गैरसरकारी सस्था देवस्वीटस्को आयोजना र इन्टरनेस्नल आइडियाको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भएको हो ।
कर्णाली प्रदेशका जाजरकोट, सुर्खेत, पश्चिम रुकुम, सल्यान, दैलेख, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोटका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा कर्णालीका पत्रकारहरुलाइ नेपालमा संघीय शासन प्रणाली सुरु भइसकेका पछिको अवस्था, नेपालले सुरु गरेको संघीय शासनको नमुना र जनताको अनुभूति, चुनौति र सम्भावनाहरु, विभिन्न मूलुकहरुले अभ्यास गरेको संघीयताको नमुना र नेपालको संघीय शासन सन्चालनका क्रममा देखिएका समस्या र चुनौतिहरुको समाधानका लागि पत्रकारीताको भुमिका र योगदान, कर्णालीको प्रँकृतिक श्रोत र साधनको वाडफाडको अवस्थाका वारेमा प्रशिक्षण गरिएको देवस्वीटस्का अध्याक्ष यज्ञविक्रम शाहीले बताउनुभयो ।
उहाँले नेपालको संघीय शासन प्रक्रिया सफल वनाउन पत्रकारहरुको सकरात्मक भुमिकालाइ उत्प्रेरित गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । प्रशिक्षणमा जिल्ला विकास समिति महासंघका पुर्व सभापति कृष्णप्रसाद सापकोटा, कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवल भन्डारी, कर्णाली प्रदेशको अर्थ मन्त्रालयका सचिव शान्तवहादुर सुनार, सामाजिक मन्त्रालयका सचिव डा.मानवहादुर विक पत्रकार राजेश घिमिरे, यम दुरा, इन्टरनेस्नल आइडियाका पुरुषोत्तम अधिकारी लगाएतले सहजीकरण गनुभएको थियो ।
प्रशिक्षणमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि व्यवस्था तथा कृषि मन्त्री विमला केसी , सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र र पत्रकारहरुका बीचमा फरक दिन फरक विषयमा अन्तरक्रियात्मक छलफल समेत गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुखहरु र प्रदेश सरकारका मन्त्रीले खोजी पत्रकारीता र पत्रकारको जिम्मेवार भुमिकाले आफुहरुलाइ जनप्रतिनिधि र राज्य सञ्चालकहरुलाइ गलत वाटोमा हिड्न रोक्ने बताउनुभयो । प्रशिक्षणमा सहभागि पत्रकारहरलाइ संघीयता कार्यान्वयन प्रक्रियाका वारेमा आइपरेका अवसर र चुनौति सवै विषय समेटेर लेखिएका खोजमुलक समाचारलाइ प्रोत्साहन गर्ने देवस्वीटस्का अध्यक्ष शाहीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!