तोकिएको पोशाक देखि सूचना अधिकारी नतोक्ने कार्यालयलाई स्पष्ठीकरण माग

जाजरकोट ः जिल्लाका १३ वटा सरकारी कार्यालयमा अनुगमन गर्दा तोकिएको पोशाक देखि सूचना अधिकारी सम्म नतोक्ने कार्यालयलाई स्पष्ठीकरण सोधिएको छ ।

सवै भन्दा बढी जिल्ला अस्पतालका १८ जना कर्मचारीलाई स्पष्ठीकरण सोधिएको छ । साउन २३ मा प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतको नेतृत्वमा गरिएको अनुगमनबाट यस्तो तथ्य सार्वजानिक भएको हो ।

जिल्ला अस्पताका एक कर्मचारीले साउन २३ गते नै साउन २५ गते सम्मको हाजिरी लगाएको फेला परेको थियो । समयमा कार्यालयमा नआउने र सूचना अधिकारी नतोक्ने ५ कार्यालयलाई समेत स्पष्ठीकरण सोधिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!