खोलाले बगाउँदा एक बालिकाको मृत्यु

डिल्लीराज विक
रुकुम ः रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
आठविसकोट नगरपालिका १३ भल्मा सोताकी ८ वर्षिया बालिका माया थापाको आज बिहान घेत्मा खोलाले बगाएर मृत्यु भएको हो ।
भल्माका तिलक थापाकी छोरी माया विहान खोलामा बगेपछी परिवार र स्थानीयले खोजी गर्दा बगेको ठाउँ भन्दा करिव १ सय मिटर तल मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नु भएका इलाका प्रहरी कार्यालय आठविसकोटका राम बहादुर नेपालीले बताउनुभयो ।
यसअघी पनि वडा नम्बर १३ की विर्मी नेपाली पहिरोले बगाउँदा व्यपत्ता हुनु भएको छ । नेपालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।।










