बल्खु खोलामा धेरै पानी बगिसक्यो तर पार्टी कार्यालय बनेन ः नेता आचार्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा यूवा नेता निरज आचार्यले पार्टी कार्यालय बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
सत्तारुढ दल नेपा कम्युनिष्ट पार्टीको कार्यालय सरकारी जग्गामा अबैधानिक तरिकाले मासिक दुई लाखको सम्झौतामा संञ्जालन भइरहेको भन्ने समाचार प्रति लक्षित हुँदै नेता आचार्यले नेकपा पार्टी कार्यालयमा बारेमा मुख खोलेका हुन ।
उनले तत्कालिन नेकपा एमालेले काठमाडौं उपमहानगरपालिका १४ बल्खुमा पार्टी भवन रहेको स्मरण गराए । उक्त भवन पहिला सात रोपनि नौ आनाको रहेको र तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टीलाई दिएको कलंकीको दूई रोपनि जमीन विक्रि गरी पार्टी कार्यालयसंगै सटेको एक रोपनि सात आना जमिन पार्टीका नाममा खरीद गरी हाल वल्खुमा नौ रोपनि एक आना जमिन पार्टीका नाममा रहेको जनाएका छन।
२०७२ साल वैशाख १२ को विनाशकारी भुकम्पले जिर्ण भएर प्रयोग गर्न नमिल्दा उक्त भवन र भग्नावशेष हटाईएको बताए। हाल रेखदेखको अभावले वल्खु खोलाबाट बाढी पसेर मदन भण्डारीको शालिकसम्म बगर र हिलाम्य भइरहेको जनाएका छन ।
भुकम्प पश्चात अस्थायी प्रयोजनका भनेर पासाङल्यामु प्रतिष्ठानको धुम्वरायीमा रहेको भवनमा मासीक दुईलाख भाडा तिर्ने गरी पार्टी कार्यालय सारिएको र नवौ राष्ट्रिय महाधिवेशनपछी केन्द्रीय कमिटी बैठकले भुकम्प आउनु पूर्व नै बल्खुमा रहेको केन्द्रीय कार्यालय साघुरो भएको हुनाले ब्यवस्थित र नयाँ भवन बनाउन पार्टीका महासचिवको नेतृत्वमा टीम, कोष र नयाँ भवनको नक्सा समेत तयार गरिएको जनाएका छन । वर्ष विते, बागमति मात्र होईन बल्खुखोलामै धेरै पानी बगीसक्यो तर पार्टी कार्यालय भवन बनेन उनले भने ।
पार्टी निरन्तर सरकारमा छ । पार्टीको आफ्नो कार्यालय भवन बनाउने छलफल समेत पार्टीमा हुन छोड्यो । पार्टी कार्यालय भवन बनाउन मिल्ले रकम धुम्बरायीको घरभाडा, मेन्टीनेन्स र डेकोरेसन मै सकियो होला । उनले तत्कालिन नेकपा एमालेले नेपालका अन्य राजनीतिक दलहरु भन्दा पहीला केन्द्रीय कार्यालय भवन बनाई सकेको र देशका करीव ७२ वटा जिल्लामा आफ्नो जिल्ला कमिटीका भवनहरु निर्माण गरेको स्मरण गरे ।
पार्टी एकतापछी बनेको भिमकाय नेकपा, दुईतिहाईको सरकार संचालन गरीरहेको पार्टीले आफ्नो केन्द्रीय कार्यालय भवन बनाउने कुराम ध्यान नदीनु गम्भीर विषय भएको भन्दै पार्टीको गम्भीर ध्यानकार्षण गरेका छन ।










