प्रशासनले सुरु गर्र्यो स्तनपान कक्ष

जाजरकोट , यहाँको जिल्ला प्रशासन कार्यालयमा आज देखि सेवाग्रहीलाई मध्य नजर गदै स्तनपान कक्ष सुरु गरिएको छ ।
दैनिक दर्जनै सेवाग्रही आउँने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकराी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । दैनिक प्रशासन कार्यालयमा नागरिकता , राहदानी र विभिन्न सिफारिस लिन आउन् जनसाधारणको भिड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्य हुँदै आएको गुनासो बढेपछि आज प्रशासनले सो माग सम्वोधन गर्न यस्तो कार्य गरेको प्रजिअ वस्नेतले बताउनुभयो ।
कोठाको अभावमा पहिले नै स्तनपान कक्ष स्थापना गर्न खोजेपनि सम्भव नभएकाले अहिले भर्खरै मात्र भवनको मर्मत पछि स्तनपान कक्ष स्थापना गर्नका लागि बाटो खुलेको उहाँको भनाई छ । जिल्लाको सवै भन्दा बढी सेवाग्रहीको चाप हुँने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारण बीच सम्वन्ध समधुर हुँने उहाँले विश्वास लिनुभयो ।
यो भन्दा अगाडी प्रशासनमा सेवा लिन आउने आमाहरु वच्चा च्यापेर खुल्ला मञ्चमा कष्टकर रुपमा दुध चुसाउदै आएका थिए । आज मात्र ८ जना आमाले स्तनपान कक्षमा गएर रमाई ,रमाई वच्चालाई सहज तरिकाले दुध चुसाएको बताएका छन् ।
यो सिको अन्य कार्यालयले पनि गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो ।










