.प्रधानमन्त्री रोजगारदाताले १ महिना काम गरेको ज्याला नपाएपछि ?

इन्द्र बुढाथोकी
सल्यान ः सुर्खेत सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगारमा काम गरेका मजदुरले एक महिना सम्म काम गरेको ज्याला नपाएको भन्दै गुनासो गरेका छन ।
गत आर्थिक वर्ष २०७५र२०७६ असार भित्रै योजना सम्पन्न गरि ज्याला पाउनु पर्नेमा सिम्तागाउपालिका ९ वडाका १७ योजनामा काम गर्ने २०३ जना ज्यामिले काम गरेको पैसा पाएका छैनन् । आफुहरु बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म काम गरे पनि पैसा नपाएको जुम्लेखाली पोखरी निर्माणका सयोजक मोहन चन्दले जानकारी दिएका छन उहाले भनु भयो म लगाएत सिम्ता गाउपालिका भित्रका ९ वडाका २०३ जना हामी काम गरि खाने ज्यामिले १ महिना बितनै लाग्दा पनि असारमा पाउने पैसा अहिले सम्म पनि नपाएको भन्दै दुख व्यक्तगरेका छन ।
स्थानीय सरकारले नै हामी काम गरि खाने वर्गलाई ठगे पछि अन्यले पनि हामीहरुलाइ यसरी नै श्रम सोसन गरेर ठग्नमा झन बल पुग्ने अर्का ज्यामी दिल ब वलिले बताएका छन । हामीलाई नै ठग्ने गरेको भन्दै वलिले दुख व्यक्त गरेका छन । यता सिम्ता गाउपालिका प्रधानमन्त्री रोजगार सयोजक हरि बहादुर बुढाले काम गर्ने लेबरले पैसा नपाएको स्विकार्दै आफुहरुले गाउपालिका भित्र १७ वडा योजनाको कुनै पनि भुक्तानी नभएको बताएका छन । गाउपालिकाको खातामा आएको सबै पैसा अनेत्र खर्च भएको र केन्द्र सरकार बाट आउने राजस्व बाडफाडको १ करोड ५० लाख गाउँ पालिकामा आउन बाकि रहेकोले काम गरेको ज्यामिको भुक्तानी पैसा पाउन बाकी रहेको जानकारी दिएका छन ।
आफ्नो गाउपालिका २५ लाख पैसा आएको तर प्राविधिक स्टमेट अनुसार १५ लाख मात्रै खर्च भएको बताएका छन । केन्द्र सरकारले गाउँ पालिकाको खातामा बजेट पठाएको र सबै अधिकार गाउपालिकालाई भएका कारण आफ्नो क्षेत्रको पैसा पनि आफुले गाउपालिकाले अन्य योजनामा दिएकाले अहिले समस्या आएको रोजगार सयोजक बुढाले जानकारी दिएका छन ।
उता सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसिले पनि आफुहरुले काम गराएर पैसा नदिएको सत्य भएको भन्दै स्विकार्दै उनले भने हामीलाई केन्द्र सरकारलेनै ठगेका कारण हामीलाई समस्या भएको बताएका छन । गाउँ पालिकालाइ केन्द्र सरकारले दिने १ करोड ५० लाख राजस्व वाडफाडको बजेट दिन बाकी रहेकोले यस्तो समस्या आएको अध्यक्ष केसिले बताएका छन ।
गाउँपालिकामा प्रधानमन्त्री रोजगार १७ वटा योजना सहित गाउँ पालिकाका अन्य योजना गरि गाउपालिका बाट १ करोड ५० लाख भुक्तानी गर्न बाकी रहेको अध्यक्ष केसिले बताएका छन । केन्द्र सरकारले २५ गते भित्र राजस्व बाडफाडको पैसा गाउपालिकाको खातामा पठाउन साथ आफुहरुले तत्काल काम गरेका ज्यामी लगाएत अन्य योजनाको बजेट भुक्तानी गरिदिने गाउँपालिका अध्यक्ष केसिले बताएका छन ।










