भैँसी संरक्षण गरेको नगरपालिकाबाटै भैँसी को अवैद्य निकासी

जाजरकोट , भैँसी संरक्षण गरिरहेको नलगाड नगरपालिकाबाटै भैँसीको विक्री वितरण सुरु भएको छ । विक्री वितरणमा समेत रोक लगाउँदै आएको नलगाड नगरपालिकाले त्यहाँकै पशुपंछी शाखाको सिफासिसमा भँैसीको विक्री वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले रोकेको छ ।
जिल्लामा भैँसी लोप हुँन लागेको भन्दै विशेष योजना ल्याएर संरक्षणमा जोड दिएकै बेला नलगाड नगरपालिकाकै पशु शाखाले नगरको नीतिलाई कुल्चिदै सिफारिस दिएपछि भैँसी विक्री वितरण सुरु भएको हो ।
नलगाडबाट खरिद गरेर ल्याएका ८ वटा भैँसी र २ राँगा जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जाजरकोटले रोकेको छ । भैँसीको स्वास्थ्य परीक्षण समेत नगरेरै नेपालगन्ज लिन लागिएको फेला परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।
भेरी नगरपालिका – २ का विष्णुजंग शाहले नलगाड नगरपालिकाबाट भैँसी खरिद गरेर ल्याएका थिए । उत्ता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो , “ हामीले भैँसी विक्री वितरण कार्य रोकेका छौँ , यो कसरी भयो ? मैले यो भन्दा अघि दुइ पटक भैँसी विक्री हुँन लागेको थाह पाएर रोकेको हुँ , फेरी उही कुरा दोहोरियो ? ’ यता भेरी नगरपालिकाले समेत भैँसी लोप हुँन लागेको भन्दै पोहोर साल नै विक्री वितरणमा प्रतिवन्ध लगाएको थियो ।
यसरी नगरले गरेको कामलाई कुल्चिदै अर्को शाखाले सिफारिस दिदा नगरपालिकाको काम गर्ने तरिका माथी गम्भिर प्रहार भएको उहाँको भनाई छ ।
https://www.youtube.com/watch?v=fN8Fj487rN0&feature=youtu.be&fbclid=IwAR3hVueyAL81ojZCCNKgU5SEO7Az_gwTePWQcjIhr2tzqYS1AiO0W1vlhlA










