सर्तक रहन जाजरकोटवासीलाई प्रजिअको आग्रह

जाजरकोट ः बिहानै देखि निरन्तर पानी परीरहेका जाजरकोटवाीलाई सचेत रहन जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले आग्रह गनुभएको छ ।
अघेल्लो वर्ष आजकै दिन सदरमुकामा पहिरोका कारण भारी क्षती भएको भन्दै प्रजिअ वस्नेतले सचेत रहन आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको छ गत वर्षपनि यस जिल्लामा ढिला गरी मात्र भारी वर्षा भएको र आजकै दिन सदरमुकाम ठाँटी बजार नजिकै गएको भयानक पहिरोमा परी ९ जनाको ज्यान गएको दुःखद घटना सम्झिरहँदा आज पनि विहानैदेखि वर्षा भइरहेको र मौसम पूर्वानुमान महाशाखाले पनि पश्चिम पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरेकोले सतर्क एवं सुरक्षित रहन सबैलाइ हार्दिक अनुरोध गर्दछु ।
सुरक्षा निकाय एवं अन्स रोकारवालाहरूलाइ हाइ एलर्टमा रहन र मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार शीघ्र आफ्नो जिम्मेवारी निर्वाह गर्न सादर अनुरोध गर्दछु ।







