दाउरा विक्री गरेर दैनिक गुजारा

हेमन्त केसी 
डोल्पा , ७ साउन ः ठुलिभेरी नगरपालिका –२ कुम्लीकर्प डोल्पाकी छाया विक दैनिक दुनै आएर दाउरा विक्री गरेर छोरा,छोरीको पढाई खर्च चलाउदै आउँनुभएको छ । उहाँले दैनिक १ भारी दाउरा विक्री गरेर रु ५०० कमाउदै आउनुभएको छ ।
विहानै उठेर छोरा, छोरीलाई खाना खुआएर आफ्नो तौल भन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनै स्थित होटल लिएर रु ५०० मा विक्री गदै आएको उहाँको भनाई छ । उहाँ जस्तै अर्की सोभा विक पनि दैनिक दाउरा वोकेर घर खर्च चलाउदै आएको बताउनुहुन्छ ।
४ छोरा, छोरीकी आमा उहाँ दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुँने बताउनुहुन्छ । अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्ष देखि आरानको काम गदै आउनुभएको छ । ४ वटा छोरा , श्रीमतीले उहाँलाई नै आरानको काम र दाउरा विक्री गदै आएका छन् । दुनैका अधिकांश होटलहरु पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाहरुले विक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।
कक्षा ५ सम्म मात्र घर नजिकैका विद्यालयमा पढाई हुँने भएपछि अधिकांशले पढ्ने गर्दछन् भने सो भन्दा माथी यहाँका कुनै वालकालिकाले पढन् नपाएको मन्मा आधारभुत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिनुभयो । सुन्दर आधारभुत, मन्मा आधारभुत र महादेव आधारभुत गरी तीन वटा विद्यालय छन् तर विद्यार्थी भने कम हुँदा समस्य हुँदै आएको छ ।
मावि तह सञ्चालन नभएको सो वस्तीमा अर्थ अभावका कारण यहाँका दलित समुदायका बालबालिकाहरु कक्षा ५ देखि माथी कसैले पढ्न नपाएको हमालले बताउनुभयो । दाउरा वोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिकाहरु विद्यालयमा समेत कम आउँने गरेको उहाँको भनाई छ । मन्मा आधारभुत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजार तीन बहिनी रहेकी छिन् । उहाँका वावाले आरानको काम र आामाले दाउरा विक्री गरेर घर खर्च चलाउदै आउनुभएको छ ।
आरान र दाउँरा विक्री नभएको दिन उहाँहरुको भान्सामा आगो बाल्न मुस्किल हुँने गरेको छ । करिव १२० घर दलित समुदाय रहेको यो ठाउँमा अहिले बसाई सरेर अर्को ठाउँमा आईरहेको अर्का तुले विकले बताउनुभयो । अप्ठ्यारो ठाउँ , पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय वसाई सर्न बाध्य भएको उहाँले बताउनुभयो ।
बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थ अभाव हुँदा थप समस्य भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताउनुभयो । यहाँका दलित समुदायको स्तरउन्नती गर्नका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो रहेको छ ।
आरान पेशालाई आधुनिक बनाउन देखि अन्य आर्यआर्जनका पेशा सँग लगानी गरेर जीवनस्तर बदल्न अहिले सम्म कुनै काम नभएको उहाँका सवै दलित समुदायको भनाई छ । आन्तरिक विवादमा फसेको ठुलिभेरी नगरपालिकाले अहिले सम्म केही सहयोग नगरेको स्थानीयको भनाई छ ।
वर्षायाममा यहाँका दलित समुदाय घर जोडेर अर्काको घरमा सरण लिन बाध्य हुनुपरेको छ । जोखिम पुर्ण बस्ती भएका कारण घर छोडेर अर्काको घरमा सरण जान बाध्य भएको उनीहरुको भनाई छ ।










