दर्जन नेता तथा कार्यक्रता नेकपामा प्रवेश

डोल्पा ः बिभिन्न दल सँग आवद्ध दर्जन नेता तथा कार्यक्रताहरु नेकपामा प्रवेश गरको छन् ।
नेपाली कांग्रेस , राष्ट्रिय जनमोर्चा , राप्रपाबाट दर्जन नेता तथा कार्यक्रता प्रवेश गरेका नेकपाले जनाएको छ । प्रवेश गर्नेहरुमा जिल्लाको ठुलीभेरी नगरपालिका १ थालाका नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य दल बहादुर थापा, राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला अध्यक्ष तथा ठुलीभेरी नपा ३ वडासदस्य हर्कबहादुर आरसी , राप्रपा आवद्ध पशुपति रोकाय र युवा ओमप्रसाद रोकायले आज एक कार्यक्रमका साथ नेकपा प्रवेश गरेका हुँन् । नेकपाका जिल्ला अध्यक्ष दत्त बहादुर रोकायले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।










