जाजरकोटमा च्याउ खादा ७ विरामी

जाजरकोट ः जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खादा ७ जना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खादा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भइ सदरमुकाम खलंगामा डेरागरी बस्दै आएका ३८ बर्षिय शान्त बुढा, ३५ बर्षिय रत्न बुढा, २३ बर्षिय ओमप्रकाश बुढा, बिरामी परेका छन् ।

यस्तै २६ बर्षिय डम्बर पुन, २२ बर्षिय शान्ति पुन, २३ बर्षिय टकबहादुर पुन र ४७ बर्षिय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइ रहेको अस्पतालका डाक्टर अमिन शाहले बताउनु भयो ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको शाहले बताउनु भयो । बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साझ पकाएर खाएका थिए ।
खाए लगतै उनीहरुमा बान्ता भएको थियो । जंगलमा जथाभावि उम्रेको च्याउँ नखाना डाक्टर शाहले सबैमा अनुरोध गर्नु भएको छ । बद्री पन्तबाट ।




सम्बन्धित समाचार


error: Content is protected !!