विवादित ठूलीभेरीको नगरसभा स् उद्घाटन एक ठाउँ, समापन अर्कै ठाउँ

डोल्पा ः केन्द्र बिवादका कारण अन्योलमा परेको ठूलीभेरी नगरपालिकाको तेस्रो नगरसभा अन्ततस् सहमतिमै सम्पन्न हुने भएको छ। सोमबार जिल्ला समन्वय समितिका निमित्त प्रमुख नरबहादुर बुढाको रोहबरमा नगरप्रमुख गणेशबहादुर शाही र,उप प्रमुख योगेन्द्रबहादुर शाही बीच भएको छलफलबाट तेस्रो नगरसभा आपसी सहमतिमा सम्पन्न गर्ने निर्णय भएको हो।

जनताको भाग्यरेखा कोर्ने तथा विकासको खाका तयार गर्ने गरिमामय नगरसभा विवादित रुपमा सम्पन्न नगरी आन्तरिक सहमतिमै गर्ने निर्णय भएको छ।अबको एकसाता भित्रै ठुलीभेरी नगरपालिकाले आफ्नो नीति कार्यक्रम तथा बजेट ल्याउँछु नगर प्रमुख गणेशबहादुर शाहीले भने। उनले केन्द्र विवादको द्बन्द्बमा विकास निर्माणलाई पार्नु नहुने बताउँदै यसवर्षको नगरसभा शान्ति, विकास र समृद्धिको आधारको रुपमा भव्य रुपमा सफल पार्न सबैजना लागि पर्ने बताए। नगर उप(प्रमुख योगेन्द्रबहादुर शाहीले प्रथम नगरसभा पछि शतप्रतिशत उपस्थितिमा बस्न नसकेको नगर कार्यपालिकाको बैठक हाल केन्द्र कायम भएको जुफाल र पहिलेको केन्द्र रहेको दुनैको बीचमा पर्ने वडा नं १० मा बस्ने सहमति भएको बताए। ११ वडाका ५२ जना जनप्रतिनिधिको मर्म अनुसार नै नगरसभाको उद्घाटन जुफालमा हुने छ। समापन भने सदरमुकाम दुनैमा हुने सहमति भएको छु उनले भने।

यस किसिमको सहमतिले बास्तविक जनाताका आवाज सम्बोधन हुने जनताको विकास निर्माणमा बाधा नपुग्ने अपेक्षा गरिएको उनको भनाइ छ। केन्द्र बिवादको मुद्दा अझै पनि सर्बोच्च अदालतमा बिचाराधीन अवस्थामा रहेकाले यस विषयमा कुनै पनि सहमति नभएको शाहीले प्रष्ट पारे। दोस्रो नगरसभा बिवादै विवादका बीच सम्पन्न भएको बताउँदै त्यसको सम्पूर्ण कागजात अख्तियारले छानविनका लागि लिइसकेको नगर उप–प्रमुख शाहीले बताए। यता नगर प्रमुख शाही लगायतका जनप्रतिनिधिले बहुमतीय प्रक्रियाका आधारमा दोस्रो नगरसभा सम्पन्न गरेको बताउँदै आएकाछन्। सुरुमा नगरपालिकाको केन्द्र दुनै भए तापनि पछि केन्द्र जुफाल सरेपछि नगरपालिकाकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि दुइतिर विभाजित भएका थिए।

प्रथम नगरसभाबाट दुनैमा कायम रहेको नगरपालिकाको केन्द्र झुक्याएर जुफाल सारेको दुनैतर्फका जनप्रतिनिधिले अझै पनि आरोप लगाउँदै आएकाछन् भने सम्पूर्ण जनप्रतिनिधिको सहमति अनुसार नै केन्द्र जुफाल सारेको जुफाल तर्फका जनप्रतिनिधिले दाबी गर्दै आएका छन्। लामो समयदेखि केन्द्र विवादको चपेटामा फसेको ठुलीभेरी नगरपालिकाको नगरसभा सहमतिमै हुने भएपछि नगरबासी खुशी भएकाछन्।




सम्बन्धित समाचार


error: Content is protected !!