बेलुकी सुतेको युवक विहान मृत फेला परे

डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ स्थित अन्निचौर एवम् छलगाड बजारमा रहेको आफ्नै होटेलमा बेलुका सुतेका एक युवक विहान मृत भेटिएका छन् ।
प्रहरीका अनुसार शनिवार राती खाना, केही माधक पदार्थ सेवन गरी आफ्नै होटेलमा सुतेका त्रिपुरासुन्दरी नगरपालिका १० दापुका २८ वर्षिय रुपबहादुर चलाउने बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक चलाउनेको लाश आइतवार जिल्ला अस्पताल डोल्पा ल्याइएको छ । मृतकका आफन्तहरु नआएका कारण आजसम्म पनि पोष्टमार्टम हुन नसकेको र मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

आन्तरिक रुपमा अनुसन्धान भैरहेको र पोष्टमार्टम पछि थप अनुसन्धान बढाइने बताउदै मृतकका आफन्तहरु आए पछि पोष्टमार्टम गरी पठाए पछि आवश्यकता अनुसार अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!