पाईप खरिद र विद्युत नवलेपछि रकम फिर्ता गर्दा कव्जा

जाजरकोट ः भेरी नगरपालिका –२ मा निर्मान गर्ने भनिएको थर्पुपिको लद्युजलविद्युत आयोजना निर्माण नगरेर स्थानीबाट पैसा खाएको भन्ने आरोप छ ।
प्रत्येक घरधुरीबाट रु ७ हजारका दरले रु ५ लाख २१ हजार रकम उठाएको भएपनि हाल सम्म विद्युत नवलेपछि स्थानीयको पैसा हिनामिना भएको आयोजनाका अध्यक्ष तथा वडा २ का अध्यक्ष कालीबहादुर ओली माथी आरोप लागेछ । नेपाल जलवायू परिर्वतन सहयोग कार्यक्रम रु ४ लाख ६० सिंचार्ई निर्माणका लागि भुक्तानी लिईएको थियो ११० एमएमको पाईपको मुल्य रु ६ लाख ६८ हजारको विल बनाई ढुवानी भाडा रु ३९ हजार भएको भन्दै अध्यक्ष ओलीले आयोजनाको विल बढी हालेको आरोप छ ।
२०७३ कातिक २४ गते ३ सय ८३ रुपैया प्रतिमिटर पाईपको मुल्य विलमा रहेको देखिन्छ भने हालको बजार मुल्य सो पाईपको ३२० रुपैया पर्ने गर्दछ । ४ वर्ष अघिको मुल्य र अहिलेको वजार मुल्य एकै हुँदा बिल बढाएर प्रयोग गरिएको आरोप अध्यक्ष ओली माथी लागेपछि बढी मुल्य फिर्ता गर्न सहमत भएको स्रोतको दावी छ ।
बढी रकम फिर्ता खोज्दा अरु पनि योजनामा समस्य भएको भन्दै स्थानीय खीमबहादुर खड्काले सदरमुकामको होटल सिद्धपाईलाबाट रु १ लाख ६८ हजार कव्जा गरेको स्रोतको दावी छ । त्यस्तै खाराखोला तिमिले खानेपानी योजनाका मजदुरले काम गरेको रकम नपाएको भन्दै पीडा व्यक्त गरेका छन् । रु १० लाख ५१ हजारमा पाईप मात्र खरिद गरेर ल्याएको भनि अध्यक्ष ओलीले भनेपनि मजदुरले रकम नपाएका हुँन् ।
अहिले आस्था नेपालबाट परेको योजनामा पुरानो पाइप प्रयोग गरेर सो बाट आएको रकम गाउँलेलाई वाँड्नु पर्ने कुरा उठेपछि विवाद थप चेर्केको हो । आस्था नेपालको योजनामा स्टामेट अनुसार काम गर्नुपर्ने भएपछि रकम नवच्ने भन्दै कसरी बाँड्न मिल्छ भनी प्रश्न गर्दा विवाद चर्केपछि रकम कव्जा गरिएको थियो । यो विषयका अध्यक्ष ओली सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेन ।










