दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना

जाजरकोट ः सुरक्षा नभएको भन्दै स्थानीय सरकार सदरमुकामबाट चलाउँदै आएका जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना भएको छ ।
बारेकोट गाउँपालिकाको केन्द्र, बारेकोट –२, लिम्सा र कुशे गाउँपालिकाको केन्द्र, कुशे – ६, थर्पुभार्मामा अस्थायी प्रहरी कार्यालय स्थापना गरिएको छ । यि स्थानीय तहले सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय सञ्चालन गरेका थिए । प्रहरी चौकी स्थापना सँगै बैंक समेत स्थापना गर्नका लागि बाटो खुलेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
बैंक स्थापना भएपनि सेवा प्रवाह रोकिएको थियो । आज प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत , प्रहरी प्रमुख ( डिएस्पी) श्याम खत्री लगाएको टोली थर्पुधार्मा पुगेर प्रहरी चौकी स्थापना गरिएको छ भने बारेकोट गाउँपालिकाको लिम्सामा आजै स्थापना गरिएको छ । सुरक्षाको व्यवस्थापन गरेसँगै अव गाउँमा सेवा पाउने स्थानीय तहका प्रमुखले बताएका छन् ।










