दुई महिना नपुग्दै तेस्रो पुस्तक बजारमा

चर्चित लेखक, प्रशिक्षक एवं हाल जाजरकाेट जिल्लाका प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको Master IQ पुस्तक आजदेखि बजारमा आएको छ ।

लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत, नासु, खरिदार (स्थानीय तह अप्राविधिक छैटौं, पाँचौ र चौथो तह), अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक लगायतको पाठ्यक्रमलाई केन्द्रित गरी तयार गरिएको यो पुस्तकमा Verbal IQ, Numerical IQ, Non verbal IQ का सबै टपिक समेट्दै पर्याप्त मात्रामा नमूना प्रश्न तथा कारण सहित तिनको उत्तर मात्र दिइएको छैन , खरिदार, नासु, शाखा अधिकृत, अधिकृत क्याडेट लगायतको विगतका परीक्षामा सोधिएका प्रश्नहरु तथा तिनको उत्तर समावेश गरिएको छ ।

बस्नेतका केहि समय अघि प्रकाशित भएका खरिदार सफलता सूत्र र mathematics for banking exams पनि निकै लाेकप्रिय रहेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!