क्लिन फिड नीतिमा सरकारको पक्षमा सर्वसाधारण

विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित क्लिन फिड नीतिको विरोधस्वरूप केबुल, डिजिटल र इन्टरनेट टीभी सेवा प्रदायकहरूले २४ घण्टाका प्रसारण बन्द गरेसँगै सामाजिक सञ्जालमा सर्वसाधारण नागरिकहरूले तीव्र प्रतिक्रिया दिएका छन्।

सरकारले पटक पटक समयावधि थपेर कार्यान्वयन पछाडि सारेको क्लिन फिड आगामी साउन महिनाबाट लागु गर्ने तयारी गरेको छ।

उक्त नीति लागु भए सर्वसाधारणहरूले विदेशी च्यानल हेर्दा अन्य देशका बजारलाई लक्षित विज्ञापन हेर्नुपर्ने बाध्यता रहने छैन।

सर्वसाधारण र नेपाली विज्ञापन एजेन्सीहरूले समर्थन गरेको सो नीति विदेशी च्यानलहरूको अडानका कारण लागु गर्न नसक्ने टीभी सेवा प्रदायकहरूको भनाइ छ।

विज्ञापनमा कडाइस् सकारात्मक कदम वा अङ्कुश लाउने प्रयास
सेवा प्रदायकको विरोध
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सरकारले जारी गर्न लागेको नीतिगत व्यवस्थाबारे अधिकांश प्रयोगकर्ताहरूले समर्थन जनाएको देखिन्छ।

आम मानिसहरूसँग मासिक शुल्क असुलेर विरोध स्वरूप च्यानल बन्द गर्न नपाइने अधिकांशको मत छ।

अन्य केही प्रयोगकर्ताहरूले भने विदेशी च्यानलका कारण सांस्कृतिक विचलन बढेको भन्दै त्यस्ता च्यानल प्रसारणलाई निरुत्साहित गर्ने कदम सकारात्मक भएको बताएका छन्।

क्लिन फिड लागु गर्न खोजिएको यो नै पहिलो पटक भने होइन। यसअघि पटक पटक सो नीति लागु गर्ने तयारी गरिएपनि व्यवसायीहरूको विरोध र अपर्याप्त तयारी भन्दै रोकिएको थियो।

क्लिन फिडको समर्थनमा मह
प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि क्लिन फिडको समर्थनमा देखिएका छन्।

आचार्यले फेसबुकमा लेख्दै भनेका छन्स् ूयसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, कलाकार, प्राविधिकसहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ।।। नेपाल सरकारको यो हिम्मतीलो निर्णयमा हाम्रो साथ छ। समर्थन छ।ू

नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण

विज्ञापन क्षेत्रको स्वागत
क्लिन फिड लागु भए स्वदेशी विज्ञापन बजारमा सकारात्मक प्रभाव पर्ने भन्दै विज्ञापन व्यावसायीहरूले सरकारी तयारीको स्वागत गरेका छन्।

नेपाल विज्ञापन सङ्घका महासचिव राजु कुइकेल भन्छन्स् ूक्लिन फिडको विषयमा हामीले विसं २०६० देखिनै कुरा उठाउँदै आएका हौँ। सर्वसाधारणहरूले विदेशी च्यानल मात्र नभएर त्यसमा बज्ने विज्ञापन हेर्न समेत शुल्क तिर्दै आएका छन्।ू

ूयसले एकातर्फ विज्ञापन बजारलाई असर पारेको छ र अर्कोतर्फ भने उपभोक्ताहरूलाई निर्वाधरूपमा आफूले चाहेको सामग्री हेर्न रोक लगाएको छ।ू

कुइकेलका अनुसार विदेशी विज्ञापन प्रसारणमा रोक लगाइने नीति लागु भए बर्सेनि चार अर्ब रुपैयाँको हाराहारीमा कारोबार बढ्ने र त्यसले सकारात्मक प्रभाव पार्ने छ।

ुविदेशी च्यानलको अडानु
तर टीभी सेवा प्रदायकहरू भने आफूहरूले क्लिन फिड लागु गर्न नसक्ने र त्यसको पछाडि व्यावसायिक स्वार्थभन्दा पनि विदेशी च्यानलहरूको अडान प्रमुख कारक रहेको बताउँदै आएका छन्।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुली भन्छन्स् ूनेपालको बजारको आकारले क्लिन फिड धान्न गाह्रो छ। धेरै विदेशी च्यानलहरूले नेपालका लागि छुट्टै फिड दिन नसकिने हामीलाई बताउँदै आएका छन्।ू

ूसरकारले आफ्नो अडान नछाडे हामीसँग व्यवसाय बन्द गर्नुको विकल्प हुनेछैन।ू

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया बारे आफू जानकार रहेपनि आफूहरूको निर्णयमा त्यसले असर नपर्ने पराजुलीको भनाइ छ।

ूहामीलाई यस्तो किसिमको प्रतिक्रिया आउँछ भन्ने थाहा थियो। २४ घण्टा प्रसारण बन्द गर्दा यस्तो प्रतिक्रिया आउनु ठिकै हो,ू उनले थपे।

ूतर दीर्घकालिन रूपमा विदेशी च्यानल बन्द भए सामाजिक सञ्जालमा हाम्रो पक्षमा आवाज उठ्ने छ।ू

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा क्लिन फिडका बारेमा गरिएका केही टिप्पणीहरू यस्ता छन्स्




सम्बन्धित समाचार


error: Content is protected !!