वम निष्कृय ,गाउँपालिकाका अध्यक्षको भावुक स्टाटस ?

जाजरकोट ः बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्साम राखिएको वम निष्कृय सेनाद्धारा निष्कृय पारिएको छ । सदरमुकामबाट गएको एक पलाटुन सेना र मन्मैबाट गएको सेनाले संयुक्त रुपमा निष्कृय पारेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । १२ घण्टा पछि वम निष्कृय पारिएको छ । हिजो गाउँसभा सकिएर आज अन्य छलफल गर्नका लागि तय गरिएको कार्यक्रम समेत प्रभावित भएको छ ।
असहमती र असन्टुष्टीलाई सहकार्यको भावनाबाट अगाडी बढ्न गाउँपालिकाका अध्यक्ष महेन्द्रबबहादुर शाहले आग्रह गनुभयो । उहाँले भावुक हुँदै यस्तो लेख्नुभएको छ
झण्डै १२ घण्टा पछि नेपाली सेनाकाे ज्वाला दल गण जाजरकाेटका क्याप्टन जयराम घिसिङ नेतृत्वकाे नेपाली सेनाकाे टाेलिले शक्तिशाली बम डिस्पाेजल ।
धन्यवाद नेपाली सेना लगायत सम्पूर्ण सुरक्षाकर्मी साथिहरूलाई । बारेकाेट वासि दाजुभाई सबैलाई हताेत्साहि र अातंकित नहुन सबैमा अाग्रह गर्दछु । पवित्र राजनीतिक उद्द्येश्यका लागि खुल्ला बहस र छलफलमा बसि समस्याकाे निकास दिन बारेकाेट सरकार तयार छ ।
असन्तुष्टरत समूह र साथिहरूलाई अाग्रह असन्तुष्टि हरू अावेगमा हाेइन वार्ता र संवादका माध्यामबाट समाधान गराैं । हामी तयार छाैं । केन्द्र सरकारलाई समेत अाग्रह गर्दछाैं समस्याकाे समाधान दमन र हिंसा हाेइन शान्तिपूर्ण वार्ता र संवाद मार्फत हल गर्न लागाैं । सरकार र असन्तुष्ट पक्षकाे दाेहाेराे लडाइमा दुरदराजका जनताले शान्तिकाे महसुस भन्दा पनि अातंकित हुन लागेकाे समेत अाभास हुन लागेकाे देखिन्छ ।
पुन अाग्रह गर्दछाै वार्ता र संवाद बाट समस्याकाे हल गराैं ।जनताकाे सेवाकाे लागि सधै हामी तयार छाैं ।बारेकाेट निर्माणकाे महान यात्रामा सबैलाई पवित्र उद्देश्यका साथ लाग्न समेत सबैमा अपिल गर्दछु ।।धन्यवाद ।।।










