चौरजहारि नगरपालिका को नीति कार्यक्रम तथा बजेट सार्वजनिक

ज्ञानु गौतम
रुकुम रुकुम , पश्चिमको चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरीएको छ । आज नगर प्रमुख विशाल शर्माले आगमी वर्षका योजना सहित नीति तथा कार्यक्रम ८ औ नगर सभामा प्रस्तुत गर्नुभएको होे ।
नगरपालिकाले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको भन्ने संघिय सरकारको दिर्घकालिन उद्देश्य अनुरुप पछाडी पारिएका समुदायहरुलाई समेत उच्च प्राथामिकतामा राख्दै चौरजहारी नगरवासिको सर्वाेपरिहितलाई केन्द्र भागमा राखेर कार्यक्रम तयार पारिएको छ । चौरजहारी नगरपालिकाको नगर सभामा प्रमुख शर्माले विभिन्न शिर्षक तथा उप शिर्षकमा १० पेज लामो निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा सामाजिक विकास ,तर्फ शिक्षा तथा खेलकुद ,स्वास्थ्य र सरसफाई ,सामाजिक परिचालन ,महिला विकास र शशक्तीकरण,लक्षित वर्ग समुदाय विकास लाई प्राथामिकतामा राखिएको छ ।
त्यसैगरी निती तथा कार्यक्रमा धार्मिक पर्यटन तथा संस्कृतिक परम्परा आर्थिक विकास तर्फ कृषि,क्षेत्र पशु क्षेत्र ,संचार उर्जा, शहकारी व्यवस्थापन पुर्वाधार विकास व्यवस्थित शहरीकरण वातावरण संरक्षण ,फोहर मैला व्यवस्थापन नीति तथा कार्यक्रममा समेटिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा संस्थागत विकास सेवा प्रवाह र सुशासन अन्तरगत सांगठानिक संरचना ,जनशक्ती व्यवस्थापन तथा प्रशासकीय सुशासन,मानव संसाधन,विकास र दण्ड पुरुस्कारका विषय लाई समेत समावेश गरिएको छ ।
यसैबीच नगरपालिकाको नगर सभामा आज ४३ करोड रकम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ को लागी वसेको आठौं नगरसभामा ४३ करोड ५३ लाख ३८ हजार ८ सय रकम प्रस्तुत गरीएको हो । नगर उप प्रमुख राधा रोकाले आय तर्फ वैक मौज्दात अल्या रु ५ करोड आन्तरिक राज्श्व २ करोड अन्य राज्वश्व २ करोड वित्तिय समानिकरण वाट प्राप्त रकम रु १० करोड ४६ लाख वित्तिय समानिकरण प्रदेश सरकार वाट प्राप्त रकम रु १ करोड ३३ लाख ६ हजार रकम प्रस्तुत गर्नुभएको हो । त्यसैगरी उप प्रमुख शर्माले केन्द्रिय सशर्त अनुदान १४ करोड ७९ लाख राज्श्व वाँडफाड प्रदेश सरकार वाट ८ करोड लाख ३० लाख वहुक्षेत्रीय पोषण कार्यक्रम वाट १५ लाख ६६ हजार गरी कुल ४३ करोड ५३ लाख ३८ लाख ८८ हजार रकम आय तर्फ प्रस्तुत गरीएको छ ।
नगर सभामा व्यय तर्फ पुजिगत ९ करोड ५१ लाख १२ हजार ७ सय ५५ विषयगत शाखा तर्फ १२ करोड ८८ लाख ९ सय ६० र वहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ १५ लाख ६६ हजार रकम प्रस्तुत गरीएको छ । प्रस्तुत वजेटमा छलफपछि आगामी असार १५ गते नीति कार्यक्रम तथा वजेट नगर सभा वाट पारित गरीने निमित्त प्रशासकिय अधिकृत तारा वहादुर कवंरले जानकारी दिनुभयो ।










