भेरीले बगाएर एक वेपता एक मृत्यु

कविता शाही
डोल्पा ः गर्मी छल्न भेरी नदी गएर नुहाउदै गर्दा सोमबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका दुई बालकको बगेर मृत्यु भएको छ ।
खदाङ्गको हरियापनी स्थित भेरीमा पौडी खेल्दै गर्दा लहाँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपालीको मृत्यु भएको डोल्पा प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो । मष्टा आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यायनरत विमलको शव भेटिएपनि बीरबहादुरको भने अहिले सम्म फेला नपरेको बताएको छ ।
हिजो मात्र डोल्पामा भारी पानी परेर खोला पढ्दा पुल समेत बगाएको थियो । दैनिक रुपमा पैडी खेल्ने ठाउँमा गएर खेलिरहेका ती बालकहरुलाई आज एक्कासी बढेको पानीले बगाएको प्रहरी चौकी खदाङले जानकारी दिएको छ । बीरबहादुरको लासको खोजी कार्यजारी रहेको छ । अहिले नदीमा पानीको वहाव बढीरहेकोले कोही व्यक्ति पनि पानी खेल्न नजाँन आग्रह गरिएको डिएस्पी विष्टले जानकारी दिनुभयो ।










