पर्यटनमन्त्रीको अभावमा भ्रमण वर्ष २०२० को तयारी कमजोर छैन वन तथा वातावरणमन्त्री -बस्नेत

काठमाण्डौं, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटनमन्त्रीको कार्यभार प्रधानमन्त्री केपी ओलीले सम्हाल्नुभएकाले मन्त्रालय नेतृत्वविहीन नरहेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले प्रधानमन्त्रीले सम्हालेका कारण पर्यटन मन्त्रालयको कामकारबाही थप प्रभावकारी भएको बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० लाई सरकारले प्राथमिकतामा राखेको भन्दै त्यसको तयारीका काम जारी रहेको उल्लेख गर्नुभयो । ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएका कारण मन्त्रालयका कतिपय प्रस्ताव प्रधानमन्त्रीबाट सिधै आउने हुँदा काममा सहजता नै भएको छ’, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैटौं वार्षिक साधारणसभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘पर्यटनमन्त्री नहुँदा भ्रमण वर्षको तयारी कमजोर हुन्छ कि भन्ने आशंका जरुरी छैन ।’ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हाल्दै आउनुभएको छ ।


कार्यक्रममा मन्त्री बस्नेतले सरकारले भ्रमण वर्ष–२०२० का लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले नेपाल भ्रमणमा आउने कुल पर्यटक संख्याको ६० प्रतिशत हिस्सा आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा पर्ने संरक्षित क्षेत्रमा पुग्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै आ–आफ्ना विशेषतासहितका पर्यटकीय गन्तव्यलाई थप आकर्षक बनाउन मन्त्रालयले कार्यक्रम बनाएको उल्लेख गर्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!