डोल्पा अस्पतालमा टाईफाइड जाँच गर्ने औषधीको अभाव

कविता शाही
जाजरकोट ,  दुई हप्ता देखि टाईफाईड र ज्वारोको विरामीको सङ्ख्य बढेपनि डोल्पा अस्पतालमा औषधी नहुँदा समस्य भएको छ ।
टाईफाईड जाँच गर्नका लागि आवश्यक पर्ने किट ( वईडल टेष्ट ) नहुँदा समस्य उत्पन्न भएको हो । ५ दिन देखि यो औषधी अभाव हुँदा अस्पतालमा आएका विरामीहरु उपचारमा चुनौति थपिएको डाक्टर सिजन रावलले बताउनुभयो । मौसम परिवर्तन सँगै डोल्पामा विरामी बढेपनि टाईफाईड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्य भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताउनुभयो । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधी अभाव भएपनि आपुर्तीमा ढिला सुस्ती गर्दा धेरै विरामीले निजी औषधी पसलमा उपचार गर्न बाध्य भएका छन् ।
अस्पताल प्रशासनले औषधी अभाव भएपनि प्रदेश सरकारलाई जानकारी गराएपनि माग पुर्ती नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशको माताहातमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ती गर्ने जिम्म प्रदेश सरकारको रहेको छ । त्यस्तै २ जना डाक्टरको दरवन्दी भएको डोल्पा अस्पतालमा १ जना मात्र डाक्टरले काम गरीरहेका छन् ।
करारमा १ जना डाक्टर कार्यरत रहेका छन् । अस्पतालमा डिजिटल एक्सरे समेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदै आएको छ । त्यस्तै विरामी दिने अक्सिजन समेत नहुँदा दैनिक समस्य पदै आएको छ । जिर्ण भवनमा उपचार गर्दा समस्य हुँदै आएको छ । अस्पताल निर्माणका लागि डिपिआर भएपनि अहिले सम्म वोलपत्र आवह्वान हुँन सकेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!