प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

ज्ञानु गौतम रुकुम
चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत आइतबारदेखि १६२ जनाले रोजगार प्राप्त गरेका छन ।

नगरपालिकाका १४ वडाका १ सय ६२ बेरोजगारलाई झन्डै २० दिनको रोजगारी पाएका हुन । असार भित्र काम गर्नेगरी नगरपालिकामा ३६ लाख बजेट आइसकेको नगर प्रमुख बिशाल शर्माले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिकामा रहेका वेरोजगार व्यक्तिहरुलाई सडक ,खानेपानी ,विद्यालय भवन निर्माण ,लगाएत आवश्यकताको आधारमा काममा लगाईने नगर प्रमुख शर्माले जानकारी दिनुभयो । बेरोजगारको संख्या घटाउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम आएको समेत बताउनु भयो ।

नगरपालिका भरि ४२५० जनाले बेरोजगार फारामका भरेका छन । कार्यक्रममा चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्मा उप प्रमुख राधा रोका, प्रमुख प्रशासकिय अधिकृत तारा बहादुर कुंवर, रोजगार संयोजक कृष्ण शर्मा वडा अध्यक्षहरु लगाएको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!