घरेलु जाजरकोटले उठायो २९ लाख ५० हजार राजश्व संकलन

जाजरकोट,  घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष शत प्रतिशत राजश्व संकलन गरेको छ । आ.ब. २०७५÷०७६ मा कार्यालयले रु २९ लाख ५० हजार राजश्व संकलन गरेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा नामसारी, खारेजी, पुँजीवृद्धी, कारोबार संशोधन, दर्ता तथा नविकरण भएका उद्योग, बाणिज्य फर्महरुवाट रु २९ लाख ५० हजार राजश्व संकलन भएको घरेलु साना उद्योग बिकास समिति जाजरकोटका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिनुभयो । सानो जिल्लामा पनि ठुलो रकम संकलन भएको कार्यालय प्रमुख घिमिरेको भनाई छ । गत आ.व भन्दा सतप्रतिशतले राजश्व बृद्धि भएको बताउनुभयो । बिषयगत कार्यालयहरुले उद्योग दर्तालाई मुख्य प्राथामिकताका साथ अनुदानका कार्यक्रम सञ्चालनले राजश्वमा बृद्धि भएको उहाँको भनाई छ । कार्यालयका कर्मचारीहरु जिल्लाका सात वटै स्थानियतहहरुमा पुग्दा उद्योग दर्ता गर्नको लागि प्रामर्श दिएकोले अन्य बर्षको तुलनामा जाजरकोटको राजश्व बृद्धि भएको प्रमुख घिमिरिरेको भनाई छ ।
आ.ब. २०७५÷०७६ मा घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोट मार्फत गरिबी निवारणका लागि लघु उद्यम बिकास (मेड्पा) कार्यक्रमका लागि आएको चालु तर्फको १ करोड ६७ लाख ७९ हजार कार्यान्वयनको चरणमा रहेको का.मु.अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालयको नियमित तर्फको बजेटवाट उद्यमी श्रृजना तथा रोजगार कार्यक्रम अन्तरर्गत, बिभिन्न सीप बिकास तालिमहरु सञ्चालन गरेको कार्यालयले जनाएको छ । उद्योग प्रवद्र्धन कार्यक्रम अन्तरर्गत समेत सिप बिकास तालिम सञ्चालन गरिएको उहाँको भनाई रहेको छ ।
जिल्लामा रहेका ब्यरोजगार ८० जना युवाहरुलाई उद्यमशिलता बिकास कार्यक्रम अन्तरर्गत उद्यमशिलता बिकास तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा लामो तथा छोटा सिपविकास तालिम बाट घरेलु कार्यालयले मात्र ५ सय नयाँ उद्यमी सृजना गरेको घिमिरेले जानकारी दिनुभयो । त्यसैगरि घरेलु साना उद्योग बिकास समितिले जिल्ला भित्रका उद्योगीहरुलाई रु ३१ लाख मुल्य बराबरको प्रविधि ३४ जनालाई हस्तान्तरण गरिएको छ । आ.ब. २०७४÷०७५ मा घरेलु साना उद्योग बिकास समितिले रु १५ लाख ८४ हजार राजश्व संकलन गरेको थियो । २४ लाख १३ हजार मुल्य बराबरको प्रविधि २३ जनालाई हस्तान्तरण गरिएको थियो भने, २ लाख ७४ हजार मुल्य बराबरको उपयुक्त प्रबिधी हस्तान्तरण गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!