एचआइभी संक्रमितका लागि अब, दुई औषधीको मिश्रित दबाई

एचआइभी संक्रमित बिरामीका लागि दुई औषधीको मिश्रित दबाई बनेको छ । यसअघि तीन थरी औषधीको मिश्रित दबाई प्रयोग हुँदै आएको थियो । अमेरिकामा गरिएको एक अनुसन्धानमा दुई औषधीको मिश्रित दबाई एचआइभी संक्रमितहरका लागि सफल भएको जनाएको हो ।
एचआइभी संक्रमितले यसअघि तीन थरी औषधी प्रयोग गर्दै आएका थिए । अब दुई वटा मिश्रित दबाई मात्रै प्रयोग गरे हुने भएको छ । चिकित्सकका अनुसार यसले विश्व स्वास्थ्य अवस्थामा एक सफलता भएको जनाएको छ । जसले संक्रमित व्यक्तिलाई खुशी बनाएको उल्लेख गरिएको छ । नेपालमा भने प्रयोगमा आउन समय लाग्ने छ । एचआइभी उपचार हालसम्म सन् १९९६ सालमै भनेको औषधीको प्रयोगबाट हुँदै आएको छ । जसमा टेनोफोभिर, लमिभुडिन र इफाभिरन्ज नामक औषधी प्रयोग हुँदै आएको छ ।
औषधी सेवन नगरेका सवा १४ सय जनामा अनुसन्धान
बयस्क, युवा, वृद्ध, गर्भवती महिला तथा बच्चाहरुमा पहिले प्रयोग हुँदै आएको तीन थरीका औषधी प्रयोग गरिएको थियो । हाल एचआइभी संक्रमितले नेपालमा यही औषधी सेवन गर्दै आएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। अनुप बास्तोलाका अनुसार विगतको अनुभव तथा अनुसन्धान र अहिले भइरहेका अनुसन्धानबाट वैज्ञानिक सरल, सहज तथा सुरक्षित, साइड इफेक्ट नभएका औषधीको खोजीमा लागेका छन् ।
हाल भएको अनुसन्धानअनुसार १४ सय ३३ जनामा कहिल्यै औषधी नखाएका संक्रमितमा लमिभुडिन तथा ड्लुतेग्राभिर दुई मिश्रित औषधी प्रयोग गरिएको थियो । चिकित्सकका अनुसार हाल सेवन गरिरहेका तीन औषधीले संक्रमितलाई थप कमजोर बनाउने, रिङ्गटा लाग्ने, राति निन्द्रा नपर्ने जस्ता स्वास्थ्य समस्या देखिएको थियो । तर, दुई थरी औषधीको प्रयोगले कुनै ‘साइडइफेक्ट’ नगरेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा के देखियो
उक्त अनुसन्धानमा तीन प्रकारको औषधी टेनोफोभिर, एमत्रीसीटाबिन र ड्लुतेग्राभिर औषधी विकसित राष्ट्रमा प्रयोग हुँदै आएको छ र दुई थरी औषधी लमिभुडिन र ड्लुतेग्राभिर०को तुलना गरी अध्ययन गरिएको थियो । ४८ हप्तापछि हेर्दा दुई थरी औषधी प्रयोग गर्दै आएका बिरामीमा खासै समस्या नभएको पाइएको छ ।
दुई थरी औषधी प्रयोग गर्दा समस्या कम हुने डा बास्तोलाले बताए । उनका अनुसार अनुसन्धानले तेस्रो औषधीले गर्ने साइड इफेक्टबाट संक्रमितलाई जोगाउने देखिएको छ ।
ड्लुतेग्राभिर गर्भवतीलाई दिन नमिल्ने
चिकित्सकका अनुसार ड्लुतेग्राभिर गर्भवती महिलालाई दिन नमिल्ने जनाएको छ । विज्ञहरुले यसमा पनि अनुसन्धान थालेको उल्लेख गरेका छन् । यी दुई औषधीमा थप अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले मान्यता दिन सक्ने छ ।
डा। बास्तोलाका अनुसार औषधीको उपलब्धता तथा विश्व स्वास्थ्य संगठनको मान्यतापछि एचआइभी टेक्निकल ओर्किङ ग्रुपले यसलाई नेपालमा प्रयोग गर्न सक्ने मान्यता दिने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १७ हजार एचआइभी संक्रमितले औषधी सेवन गर्दै आएका छन् । त्यस्तै ३१ हजार एचआइभी संक्रमित छन् । यो औषधी प्रयोगमा आए यसबाट सबै लाभाम्वित हुने छन् ।










