असार १५ भित्र विद्युत सेवा सुचारु हुँने

मेनुका बुढा
डोल्पा ,सुक्खा पहिरो गएर अवरुद्ध भएको विद्युत सेवा असार १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

फागुन ४ राती ठुलीभेरी नगरपालिका वडा नं ३ स्थित जैरीगारमा रहेको जैरिगाड जलविद्युत आयोजनाको नहर पहिरोले क्षेति बनाएपछि अवरुद्ध भएको विद्युत सञ्चालनमा आउने भएको हो । असार १५ सम्म ५ वटा पिलर र पाईप बोल्डिङ्ग गरि सक्ने भएकोले विद्युत सेवा सञ्चालन हुँन लागेको नेपाल विद्युत प्रधिकरण डोल्पाका भतmबहादुर भण्डारीले बताउनुभयो ।

अहिले सम्मको नहर निर्मानमा रु २९ लाख खर्च भएको भण्डारीले जानकारी दिनुभयो । लामो समय देखि विद्युत सेवा अवरुद्ध भएपनि सदरमुकाम दुनै लगाएत आसपासका १२ सय घरधुरी विद्युत सेवा पाएका थिएन्न । विद्युत अवरुद्ध भएपछि दैनिक सदरमुकामका सरकारी कार्यालयको काम , नेपाल टेलिकमको सेवा लगाएतलाई समस्य पर्दै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!