वन लुसन खन्न गएका कराइचुलामा लडेर मृत्यु

जाजरकोट , ः बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार विहान तीन युवकको मृत्यु भएको छ। मृत्यु हुँनेमा बारेकोट गाउँपालिका –५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत रहेको छन् । शाही र सिंह वनलसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए।
बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।
वन लसुन एक प्रकारको जडीबुटी हो। यसको बिक्रीबाट आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ। वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ।
उहाँका अनुसार महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ। बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!