पर्यटनको गुरु योजना बनाउन विज्ञ टोली डोल्पामा

सुकमाया थापा
डोल्पा ः पर्यटन, उर्जा र जडिवुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरु योजना निर्माण गर्ने भएको छ। सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरु योजना निर्माण गर्न लागेको हो। पर्यटन गुरु योजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले ६ जना प्राविधिक विज्ञहरुको टोलीलाई परिचालन गरिएको छ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्घारा निर्माण गर्न लागिएको पर्यटन गुरु योजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटीरहेका छन्। यसैक्रममा डोल्पा जिल्लाको सदरमुकाम दुनैमा योजना छलफल भएको छ। दुनैमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटा भन्दा बढी पर्यटकीय स्थलहरूको नाम सूचीकृत गरेको पर्यटन गुरुयोजना निर्माणका समुहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिनुभयो ।
त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लार्गि याप्टिङ र पदमार्गलाई छनोट गरिएको छ । डोल्पा धार्मीक क्षेत्रहरुमा त्रिपुरासुन्दरी , छलामष्ट भगवती , शे गुम्वा लाई छनोट गरिएको छ भने भेरी करिडोर सडकको स्तरउन्नती , जुफाल विमानस्थलबाट देशका बिभिन्न ठाउँमा उडान सुचारु ,माथेल्लो डोल्पामा विमानस्थल थप गर्न प्रस्ताव गरिएको छ । दुनै काईके ढोरपाटन लुम्विनी सडक , कागवेनी छार्का भोट गाउँ तिन्जे धो सडक , जाजरकोट बारेकोट डोल्पा सडक , जुफाल सिस्ने हिमाल छनोट गरिएको छ ।
त्यस्तै र्यापटिङ लागि काईके दुनै रिम्ना छिन्चु सम्मको रुट प्रस्ताव गरिएको छ । पर्यटकिय प्रचुर सम्भावना भएको डोल्पामा अहिले लगानी गरि विश्वबजारमा चिनाउनु पर्ने प्रतिनिधीसभा सदस्य सत्य पहाडीले बताउनुभयो । आज भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी , जिल्लाका सरकारी कार्यालयका प्रमुख पत्रकारको सहभागिता रहेको थियो ।










